![]()
‘मिस पूर्वाञ्चल २०१४’का सहभागी युवतीहरुले धरानको बुढासुब्बा मन्दिर क्षेत्रको सरसफाई गरेका छन् । धरान बाईकिङ क्लबको संयोजनमा उनीहरुले मन्दिर सरसफाई गरेका हुन् ।
‘मिस पूर्वाञ्चल’मा सहभागीहरुलाई व्यक्तित्व विकासका साथै सामाजिक उत्तरदायित्व, पर्यटन, संस्कृति लगायतका विषयमा दिइएको छ । सिल्भर इन्टरटेन्मेन्टले आयोजना गरेको ‘मिस पूर्वाञ्चल’को उपाधी विजेताले यामाहा रे स्कुटी, फस्ट रनरअपले नगद ३० हजार तथा छात्रवृत्ती र सेकेन्ड रनरअपले नगद २० हजारसहित छात्रवृत्ती पाउने छिन् ।
प्रतियोगीतामा मिस फोटोजेनिक, मिस पर्सनालिटी, मिस ट्यालेन्ट, मिस पब्लिक च्वाईस, मिस चार्मिङ र मिस वेष्ट वाक टाईटल विजेतालाई नगद ५ हजारसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
source : onlinekhabar