
जापानको यामानाशी , शिजुओका तथा कानागावा प्रसासनिक क्षेत्रका स्थानीय सरकारले माउन्ट फुजी विस्फोट भएको खण्डमा यसका कारणले ७५०,००० भन्दा बढी मानिसलाइ विष्थापित गर्ने अनुमान गरेका छन् | यी टिन क्षेत्रका बिज्ञहरुको कमिटीले उक्त जानकारी बाहिर ल्याउनुका साथै त्यसको विकल्पको योजनाहरु समेत जानकारी दिएका थिए |
विस्फोटको सबै भन्दा बढी असर शिजुओकामा पर्ने बताइएको छ | जसका कारण यहाका ५८०,००० जना मानिसहरुले शरण लिनु पर्ने बताइएको छ | स्थानीय सरकारहरु यदी सहरका सिटि हलहरु सम्म पुग्ने बाटो पुरा रुपमा खरानीहरुले ढाक्ने हो भने शरण लिन आउने मानिसहरुलाइ त्यह सम्म सुरक्षित रुपमा कसरि पुराउने भन्ने बारे सोचीरहेको बताइएको छ | साथै यी तिनै क्षेत्रका स्थानीय सरकारले विस्फोटको क्रममा त्यहाबाट लाभा तथा चट्टानहरु झरेको खण्डमा के गर्ने भन्ने विषयमा छलफल समेत गरिरहेको बताइएको छ |
अध्यनका अनुसार उक्त माउन्ट फुजी सन् २०११ मा विस्फोट हुनु पर्ने हो | तर अनुसन्धानकर्ताहरु क्रमिक रुपमा माउन्ट फुजीक मुखको अध्यन गरिरहेका छन् | ताकि विस्फोट हुने समयको सहि अनुमान लगाइन सकियोस | सन् १७०७ मा एक भुकम्पको कारणले माउन्ट फुजी वोस्फोत हुँदा करिब २०,००० मानिसहरुको ज्यान गएको थियो |
स्रोत : एजेन्सी