७ फागुन, इटहरी । स १३प ७७१५ नम्बरको स्प्लेन्डर मोटरसाइकल सोमबार बेलुका ८ बजे सोनापुर आएर रोकियो । मोटरसाइकलमा आएका दुईजनाको समूहले साइकलमा आउँदै गरेका अशोक मेहता र महेश चौधरीमध्ये अशोकलाई जबर्जस्ती मोटरसाइकलको बीचमा चढाएर भाग्न लागे । भाग्ने क्रममा उनीहरूले महेशलाई आफूहरूले अपहरण गरी लगेको भन्दै साथमा रहेको पेस्तोलसमेत देखाए ।
सँगै गएका साथीलाई अपरिचित समूहले अपहरण गरेपछि हस्याङ–फस्याङ गर्दै महेश इलाका प्रहरी कार्यालय दुहबी पुगेर प्रहरीलाई जानकारी गराइहाले । त्यसपछि प्रहरीले अशोककी श्रीमती रेनुदेवी मेहतालाई समेत राति नै प्रहरीले कार्यालयमा बोलायो । अपहरणका प्रत्यक्षदर्शी साथी महेशले दिएको जानकारी र श्रीमतीको भनाइका आधारमा प्रहरीले सोमबार राति नै दुहबीसहितका ठाउँहरूमा व्यापक खोजतलास ग¥यो । तर, अपहरणकारी कतै फेला नपरेपछि श्रीमतीकै भनाइअनुसार प्रहरीले इनरुवाका विभिन्न ठाउँमा छापासमेत हान्यो । सो क्रममा प्रहरीले इनरुवा–४ स्थित पंकज मेहताको डेराबाट अपहरणमा परेका अशोक र अर्का अपहरणकारी सञ्जयलाई समेत पक्राउ गरेको थियो ।
घटना भएको केही समय बित्न नपाउँदै अपहरणकारीको जालोबाट पीडितलाई निकाल्न सफल भयौं भनेर प्रहरी केहीबेर मक्खसमेत परेको थियो । तर, वास्तविक रूपमा भन्नुपर्दा अपहरण सोहीअनुसार नै भएको हो । तर, यो अपहरणमा पैसाका लागि बार्गेनिङ गर्न नभई स्वेच्छाले अशोकले श्रीमतीसँग छुट्कारा पाउन रचेको नाटक मात्र रहेको थाहा पाएपछि प्रहरी त्यसपछि चकित परेको थियो ।
पैसा माग्न तथा अन्य कुनै प्रयोजनका लागि अपहरणमा परेको नाटक रचेको घटना कुनै नौलो होइन । तर, श्रीमतीसँग छुट्कारा पाउनकै लागि श्रीमान्ले रचेको यो नाटक वास्तविक अपहरण र फिल्मी शैलीभन्दा कुनै फरक भने छैन । भारतको सुपौल घर भई दुहबी–४ बस्दै आएका २८ वर्षीय अशोक मेहताले तीन वर्षअघि विवाह गरेकी श्रीमतीसँग छुट्कारा पाउन अपरहणको नाटक रचेका थिए । अशोकले रचेको अपरहणको नाटकलाई उनकै फुपूका छोरा पर्ने सुनसरी पश्चिम कुशाहाका पंकज मेहता र सञ्जय मेहताले साथ दिएका थिए । उनीहरूले खेलौना पेस्तोलको सहयोग लिएर अशोकलाई मोटरसाइकलमा जबर्जस्ती चढाएर अपहरण गरेको नाटकमा सामेल भएको राजधानी दैनिकमा खबर छ । सोनापुरमा रहेको पशुपति सिमप्याकमा मिस्त्रीका रूपमा काम गर्दै आएका अशोकले दिएकै समयका आधारमा उनीहरूले अपहरण गरेका थिए । अशोक र उनका दुई आफन्तले नक्कली अपहरण गरेको भए पनि उनका साथी महेश, श्रीमती र प्रहरीले भने थाहा नपाउनुअघि अपहरणमै परेको भनेर विश्वास गरेका थिए ।
अपहरणको नाटक रच्ने अशोकले श्रीमतीले दिएको दुःखका कारण उनीसँग छुट्कारा पाउन श्रीमान्ले नै आफू अपहरणमा परेको नाटक रचेको स्वीकार गरेका छन् । उनले अपहरणमा परेपछि पैसा माग्ने र अन्य कुनै बहाना गर्नेभन्दा पनि श्रीमतीले दिएको दुःखबाट पार पाउन मात्रै अपहरणमा परेको नाटक बनाएकोसमेत स्विकारे । प्रत्यक्षदर्शी एवं श्रीमतीकै बयानका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरूलाई इनरुवाबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक दिलीपकुमार गिरीले बताए । पक्राउ परेका तीनैजनालाई समाजमा भ्रम फिजाई दुःख दिएका कारण सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरी निरीक्षक गिरीको भनाइ छ ।