७ फागुन, धुलिखेल । जिल्ला अदालत काभ्रेले एक जुवाडेलाई एक महिना कैद सजाय तोकेको छ।
जिल्ला न्यायाधीश कृष्णराम कोइरालाको इजलासले म्यारिज (तास) खेलेको आरोपमा पक्राउ परेका बनेपा ११ का अर्जुन थापालाई एक महिना कैद फैसला सुनाएको हो।
दुईपटकसम्म जुवातास खेलेको आरोपमा पक्राउ परेका थापालाई अदालतले जुवा ऐन २०२० अनुसार उक्त सजाय सुनाएको हो। उनी यसअघि गत कात्तिकमा पनि जुवातास खेलेको आरोपमा पक्राउ परेका थिए।
यसैगरी अदालतले जुवातास खेलेको आरोपमा पक्राउ परेका राजकुमार मल्ली, दीपकराज बखती र पदमबहादुर आचार्यलाई जनही दुई दुई सय र तास खेलाउने टीकाराम खड्गीलाई तीन सय रुपैयाँ जरिवाना तिराएको छ।
इलाका प्रहरी कार्यालय, बनेपाको प्रहरी टोलीले माघ २९ गते बुडोलस्थित खड्गीको ग्यारेजमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको थियो। प्रहरी निरीक्षक अच्युत चापागाईंका अनुसार उनीहरूको साथबाट प्रहरीले ३५ हजार रु पैयाँ बरामद गरेको थियो।
प्रहरीले गत साउनदेखि हालसम्म जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ५० जना जुवाडेलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट दुई लाख ७४ हजार सात सय ६३ रु पैयाँ बरामद भएको छ।
जुवाडेविरुद्ध ६ वटा मद्दा दर्ता गरी अदालतबाट फैसला भएको प्रहरी निरीक्षक चापागार्इंले बताए।
जुवा ऐन २०२० को दफा ३ (१) ले जुवा खेल्नखेलाउन वा खाल थाप्न वा आफ्नो हकको कुनै घर, कोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा व्यवहार गर्न गराउन र जुवा खेलेको ठाउँमा बस्न प्रतिबन्ध गरेको छ।