देवेन्द्र सम्बाहाम्फे, सोल, ७ फाल्गुन - केही महिनाअघि यूएईमा मृत्युदण्ड सुनाइएका संखुवासभाका अनिश खालिङ राईलाई आवश्यक पर्ने ब्लड मनिका लागि कोरियामा रहेका नेपालीहरुले करिब २२ लाख रुपैयाँ सहयोग संकलन गरेका छन् ।
आदिवासी जनजाति महासंघ, किरांत राई यायोख्खा, गरीब तथा अनाथ बालबालिका संरक्षण कोष, नेपाली सम्र्पक समिति, संखुवासभा सम्र्पक परिवार, एनआरएन, सोलुखुम्बु सम्र्पक समिति लगायत २० भन्दा बढि संस्थाले आइतबार सोलस्थित नेपाल हाउसमा पत्रकार सम्मेन गरी २० लाख ५० हजार रुपैयाँ (करोड ९ लाख ६७ हजार वन) एनआरएनका सल्लाहार तथा अनिश बचाउ अभियान'का संयोजक मनोजकुमार डाँगीलाई हस्तान्तरण गरेका छन् । यो अभियानमा करीब ८ सय जनाले सहयोग गरेका छन् । उक्त रकम कोरियाबाट सामूहिक रुपमा सहयोग गरिएको हालसम्म कै ठूलो रकम हो ।
कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाको उपस्थितिमा हस्तान्तरण गरिएको सहयोग रकम पुर्याउन संयोजक डाँगी मंगलबार नेपाल जान लागेको पनि पत्रकार सम्मेलनमा जनाए । यसअघि अरुण श्रेष्ठद्धारा संकलित २ लाख १० हजार रुपैंयाँ गत मंगलबार अनिशको श्रीमतीलाई सरिता श्रेष्ठले हस्तान्तरण गरेकी थिइन् ।
अनिशका लागि सबैभन्दा पहिला यहाँ जनवरी पहिलो हप्तादेखि मनोजकुमार डाँगी, अरुण श्रेष्ठ, बुद्ध गौतम र कल्पना राईले 'अनिश बचाउ अभियान'संचालन गरेका थिए । पछि अन्य संस्थाहरुले समेत ऐक्यबद्धता जनाउँदै सहयोग रकम संकलन गरेका थिए । उक्त रकम मध्ये व्यक्तिगत रुपमा सबैभन्दा धेरै अभियानका संयोजक डाँगीले ५ लाख रुपैंयाँभन्दा बढी संकलन गरेका हुन् । त्यस्तै गरीब तथा अनाथ बालबालिका संरक्षण कोषका तर्फ करिब ४ लाख रुपैयाँ संकलन गरिएको थियो ।