Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

अमेरिकन लोक फेस्टिबल २०१३ मा नेपाली झण्डा फहराउदै

$
0
0
न्युयोर्क, २ लाख भन्दा धेरै अमेरिकन तथा क्यानेडियनहरुको सहभागीतामा सम्पन्न भएको अमेरिकन लोक फेस्टिबल २०१३ मा नेपाली झण्डा फहराउदै नेपाली कलाकाहरुले प्रस्तुती देखाएका छन् । अगष्ट २३ देखी २५ सम्म अमेरिकाको पर्यटकीय राज्य मेइनमा सम्पन्न भएको फेस्टिबलमा बरिष्ठ लोक गाएक प्रेमराजा महतको संयोजकत्वमा ७ जना नेपाली कलाकारहरुले प्रस्तुती देखाएका हुन् । दौरा सुरवाल र गुन्यु चोलीमा नेपालको झण्डा बोकेर कार्यक्रम स्थलमा उत्रिएका नेपाली कलाकारहरुको प्रस्तुतीबाट अमेरिकन तथा क्यानेडियन दर्शकहरुले रमाउदै नाचेर साथ दिएका थिए । बिश्वका १२ देशका लोक कलाकारहरुको सहभागीता रहेको फेस्टीबलमा एशियाबाट नेपाल र चिनको मात्र सहभागीता रहेको थियो । प्रस्तुती पछि ह्वाईट हिमाल टेलिभिजनसंग कुरा गर्दै बरिष्ठ लोक गाएक महतले भन्नुभयो “ अमेरिकन लोक फेस्टिबलमा नेपालको सहभागीताले नेपालको पर्यटनका साथै सास्कृतीक पक्षका बारेमा धेरै अमेरिकन तथा क्यानेडियनहरुलाई जानकारी भएको छ ” । कार्यक्रममा प्रेमराजा महतले ३३ बर्ष पहिला रेर्कड गरेका गितहरु दर्शकमाझ प्रस्तुत गर्दा सबै गैर नेपालीहरु नाचेको दृश्य निकै रोचक देखीएको थियो । फेस्टीबलमा गाएक प्रेमराजाको गितका साथै अनु श्रेष्ठ वन्त र रञ्जन बुढाथोकीको नृत्यमा दर्शकहरु निकै रमाएको देखीन्थ्यो । फेस्टिबलमा नेपालको तर्फबाट प्रेमराजा महत सहित अनु वन्त श्रेष्ठ, राज कपुर, रञ्जन बुढाथोकी, मनोज महत, शुसील गौतम र धन गुरुङको प्रस्तुती रहेको थियो । मेरिल्याण्ड तथा पेन्सिलभेनियाको लागि नेपाल सरकारको तर्फबाट महावाणिज्यदुत तथा ह्वाईट हिमाल टेलिभिजनका बिषेश सल्लाहकार समेत रहनुभएका महतको टोलीले फेस्टीबलमा गरेको बिषेश प्रस्तुतीलाई समेटेर ह्वाईट हिमाल टेलिभिजनले कार्यक्रम स्थलमा पुगेर तयार पारेको बिषेश कार्यक्रम ह्वाईट हिमाल टेलिभिजनमा चांडै प्रशारण हुनेछ ।
Latest LokGeet तीज गीतहरु + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>