विजय थापा ,भर्जिनिया ,भाद्र १३ - विश्वको सर्बाधिक शक्तिशाली राष्ट्र अमेरिकाको राजधानी वाशिंगटन डिसी वहान चालक अमेरिका कै राष्ट्रिय स्तर कै सर्बाधिक खराब अवस्थामा भएको एक सर्वेक्षणले देखाएको छ l अमेरिकाको अल स्टेट नामक बिमा संस्थाले गरेको सर्वेक्षणमा अमेरिका भरिका २०० वटा ठुला शहरहरुको वाहन चालकको अवस्थाको सर्वेक्षणमा राजधानी वाशिंगटन डिसी सर्बाधिक खराब अवस्थामा रहेको देखाएको छ l डिसीमा औसतमा प्रत्येक साढे चार बर्षमा अर्को गाडी संग ठोकिने देखाएको छ भने बाल्टिमोर डिसी पछि रहेको र प्रत्येक ५ बर्ष ४ महिनामा सवारी साधन दुर्घटना हुने गरेको छ l अमेरिकाको राष्ट्रिय स्तरको सर्वेक्षणमा हरेक चालक १० बर्षमा दुर्घटना तथा ठक्कर दिने एक अध्ययनले जनाएको छ l सम्राट राज्यले चिनारी बनाएको न्यु योर्क राज्य २०० शहर मध्ये १७२ स्थानमा रहेको जनाईएको छ l तर सबै भन्दा कम दुर्घटना हुने कोलोराडोको फोर्ट कोलिसंस रहेको र उत्कृस्ट स्थान हासिल गरेको छ Latest LokGeet तीज गीतहरु + More VideosLatest Today Various Entertainment + More Videos
↧