२०७० फागुन १३ गते १४:५८ मा प्रकाशित
संजिवकुमार दाहाल
१३ फागुन, दोलखा । मन्त्रिपरिषद् विस्तारकै दिन दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई पसिना आएको छ । मन्दिरको सिलामा मंगलबार दिउँसो दिनको पौने तीन बजेबाट करिब १ घण्टा पसिना आएको छ ।
दोलखा भीमेश्वरलाई पसिना आउँदा मुलुकमा अनिष्ट हुने स्थानीयको भनाइ छ । भीमसेनको शिलाको दायाँबाट पसिना आउँदा राजदरबारलाई र बायाँबाट पसिना आउँदा जनातामा अनिष्ट हुने जनविश्वास छ ।
यस पटक भीमसेनको शिलाको शिरबाट तिनधारा हुँदै दायाँ-बायाँ दुवै भागबाट पसिना आएको छ ।
यसअघि गत साँढे दुई महिनाअघि मंसिर ३० गते पसिना आएको थियो । भीमेश्वरको शीलामा पसिना आउँदा मन्दिर व्यवस्थापन तथा गुठियारहरुले स्थानीय रुपमा क्षमा पूजा-अर्चना गर्ने गर्छन् ।