इन्जिनियर: राकेश कार्की
उपाध्यक्ष,अनेसास लस्एन्जेलस्च्याप्टर,लस्एन्जेलस्
९१०
जन्माएर मलाई काखमा सुतायौ
आमा तिमीलेकति रात नसुति बितायौ
मलाई सधैँमाया गर्नेमेरी आमा देउता
यो ब्रह्माण्डमा तिमी केवल एउटा
९२०
औँला समाति तातेहिँड्न सिकायौ
बुबुलिटो चटाउदैजीवन हुर्कायौ
दिइरह्यौ विवेकमा शिक्षाको झोली
यो मनमा बगाइरह्यौ विश्वासको खोली
९३०
लड्ला चोट लाग्ला सधैँथामिरहने
ज्वरो आउदा निधार हातलेछामिरहने
कष्ट होला मलाई भनि जैलेपनि खप्छिन्
यसो खुसी भेटेभनेमलाई नैथप्छिन्
९४०
हराउछुकि म भनि सधैँबाटो बन्छिन्
सम्झना गरेमात्र मेरो बाबा भन्छिन्
मेरो हरेक चाहनामा केवल तिम्रो आश
राखिरहन्छ्यौ मलाई सधैँतिम्रैमनमा बास
९५०
तिम्रो प्रार्थनामा मलाई सधैँवरदान
ममता छल्काइरहनेप्यारो तिम्रो धड्कन
उभिरहन्छिन वृक्ष भइ जाडो, गर्मी, बर्षामा
मुस्काइरहन्छिन मेरो आनन्द, सुख, हर्षमा