Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

नम्रता श्रेष्ठ र अर्पण थापाको सस्पेन्स लभ (भिडियो हेर्नुस्)

$
0
0
हाम्रो संसार सम्बाददाता, काठमाडौँ, भदौ १७ । अर्पण थापा र नम्रता श्रेष्ठको लाउड साईलेन्स प्रेम 'मौन'को दोस्रो अफिसियल प्रोमो रिलिज गरिएको छ । सार्वजनिक प्रोमोबाट नम्रता र अर्पणको मौन प्रेमको साथमा फिल्म सस्पेन्स समेत रहेको बुझ्न सकिन्छ ।

 असोज ११ (सेप्टेम्वर २७) गते हेर्न पाइने यो लभस्टोरी फिल्मलाई सुरज भुषालले निर्देशन गरेका हुन् । मौन क्वार्क फिल्म र आकाश आदित्य इन्टरटेनमेन्ट प्रालीको संयुक्त लगानीमा निर्माण भएको यो फिल्म बहिरा युवाको रोमान्टिक प्रेमकथामा आधारित छ ।

मौनमा नवीन गौलीको कथा माथि संजय लामाले क्यामेरा चलाएका छन् । फिल्मका निर्माता पनि नबिन गौली नै हुन् । मौनमा अर्पण र नम्रताको साथमा शेखर चापागाई, बसन्त भट्ट, रश्मी, अरुणा कार्की, विजय बराल, दुर्गा बराईली आदि कलाकारको अभिनय छ ।

सुगम पोखरेल र स्वप्नील शर्मा (स्याडोज ब्यान्ड)को संगीत रहेको यस फिल्मका गीत भुपेन्द्र खड्काले लेखेका हुन् । स्रोत / फिल्मीखबर, New Nepali Movie "MAUN" Official Trailer 2
CLICK HERE TO WATCH VIDEO
Latest LokGeet तीज गीतहरु + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>