Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

सिडियो सा’प ! दिलशोभाका छोराछोरी के खाएर बाँच्छन् ?

$
0
0
१६ फागुन, काठमाडौं । दिलशोभा श्रेष्ठको ‘आमा घर’बाट सरकारले प्रहरी लगाएर उठाएका ३४ वालवालिका यतिबेला कहाँ होलान् ? आमाको घरबाट उठाइएका ती अवोध बालबालिकाबारे न मानवअधिकार आयोगले केही चासो राखेको छ, न बालकल्याण समिति, न त प्रहरीले नै वास्ता गरेको छ ।

बेस्याहार भए भन्दै बुधबार आमाको घरबाट निकालिएका वालवालिकालाई सरकारले चलाएको बाल मन्दिरमा लगिएको होला भनेर अनलाइनखबरले बुझ्दा अधिकारीहरुले ‘थाहा छैन, ‘ललितपुरतिर लगिएको छ भन्ने सुनेका छौं’ भन्ने जवाफ फर्काए । मानवअधिकार आयोग पनि यी बालबालिकाको अवस्था र खानपिनबारे जानकारी नभएको बताएर पन्छियो ।

कहाँ लगियो त त्यति धेरै बालबालिका ? खोज्दै जाँदा भेटियो, सरकारले उनीहरुलाई बाल आश्रम नै नचलाउने एउटा गैरसरकारी संस्थालाई पो जिम्मा लगाएको रहेछ । तामझामका साथ छापा मारेको काठमाडौं जिल्ला प्रशासन कार्यालयले आधा पेजको चिठीको भरमा वीरगञ्ज मुख्य कार्यालय भएको ‘सानो पाइला’ नामक गैरसरकारी संस्थालाई ती वालवालिका सुम्पिएको रहेछ ।

त्यतिधेरै वालवालिकाको खानपान र हेरचाह सजिलो छैन । तर, दिलशोभाले राम्रो हेरचाह नगरेको भन्दै हस्तक्षेप गरेको सरकारले ती वालवालिकाको खानपिनका लागि फुटेको कौडी पनि खर्च गरेको छैन ।

यौन दुराचारको आरोपसँगै आश्रति बालबालिकाको अवस्था दयनीय भएको उजुरी परेको भन्दै सरकारले समाजसेवी दिलशोभा श्रेष्ठको आश्रम ‘आमाको घर’बाट ३४ जनालाई उद्दार गरे पनि उनीहरुको रेखदेखको जिम्माबाट सरकारी निकाय पूर्णरुपमा पन्छिएको हो ।

‘उद्धार’ भयो, खानपिनको व्यवस्था भएन

एकाविहानै दलबलसहित पुगेको केन्द्रीय बालकल्याण समिति, प्रहरी र मानवअधिकार आयोगको टोलीले कालिमाटीस्थिर आमाको घरमा छापा मारेर बालबालिकालाई उद्दार गर्‍यो । सञ्चारकर्मीहरुलाई समेत बोलाएर तस्वीर खिचाए र भने-अवस्था थप गम्भीर नहोस् भनेर तत्काल रेस्क्यु गरेका हौं ।’

भएका लुगाफाटो र किताव कापी समेत जम्मा गर्ने फुर्सद नदिएर प्रहरी लगाई उठाइएका बालबालिकालाई राष्ट्रिय मानवअधिकार आयोगको गाडीमा राखेर हुइँक्याइयो । यौन दुराचारको आरोप लगाएकोमा निकै दुःखी दिलशोभाले बालबालिका लगेकोमा भने कुनै गुनासो गरिनन् । पत्रकार सम्मेलन गरेर यौन दुराचारको प्रमाण देखाउन चुनौती दिएकी उनले बालबालिका लगेकोमा भने ‘अब सरकारले पाल्ने भो, राम्रो भो भनिन्, उनीहरुलाई राम्रो भए म खुसी हुन्छु’ दिलशोभाको प्रतिक्रिया र अपेक्षा यस्तो थियो ।

सानो पाइलाका सञ्चालक के भन्छन् ?

‘हामीलाई १२ घण्टासमेत समय दिइएको थिएन । हतार हतारमा खबर आयो’ हाल ३४ वालवालिकालाई राखिएको ‘सानो पाइला’ नामक संस्थाका प्रमुख कार्यकारी निर्देशक कञ्चन झाले अनलाइनखबरसँग भने- ‘खासमा त यो बाल आश्रमसमेत होइन । हामी उद्धार र पुनःस्थापनामा काम गर्दै आएका छौं । सरकारले भनेपछि राखेका हौं ।’ उनका अनुसार सानो पाइलाले बालबालिकाहरुलाई सकेसम्म आफ्नै परिवारमा पुनःस्थापना गर्ने प्रयास गर्नेछ । तर, यसका लागि ६ महिनासम्म समय लाग्न सक्छ । हामीसँग आर्थिक स्रोत कमजोर छ ।’

उद्धार गरिएका बालबालिकाहरुलाई ललितपुरको टौखेलस्थित सानो पाइलाको कार्यालयमा राखिएको छ । केहीमा सामान्य स्वास्थ्य समस्या देखिएको छ भने आमाको घरमा रहँदा सरसफाइमा केही कमी भएको पाइयो ।

तर, सरकारले बालबालिकाको स्वास्थ्यबारे न केही सोचेको छ न शिक्षाको व्यवस्था नै मिलाएको छ । ‘सरकारले हामीलाई मोरल सपोर्टबाहेक केही गरेको छैन’ सानो पाइलाले चलाएको ठूलो पाइला कार्यक्रमकी संयोजक शैलजा सिएमले भनिन्,-’सरकारी निकायबाट हामीले कुनै आर्थिक सहयोग पाएका छैनौं, हाम्रै प्रयासले दातृनिकायको रकमबाट यी बालबालिकाको संरक्षण गर्दैछौं ।’

बालबालिकाको अवस्था

बालबालिकाहरुलाई अहिले आराम दिइएको छ । उनीहरुको न त ठेगाना नै खुलेको छ न कोही खोज्दै आएका छन् । सानो पाइलाका अनुसार पहिलो चरणमा बालबालिकाको स्वास्थ्य उपचार गरिएको छ ।

सानो पाइलाका अधिकारीहरुसँगको कुराकानीमा बालबालिकाहरुले भने आफ्नो पढाइ के हुने भनेर चिन्ता व्यक्त गर्ने गरेका छन् ।

सानो पाइलाले १५ जनालाई पुरानै विद्यालय पठाउने तयारी गरेको भने अन्यलाई आसपासको विद्यालयमा नै भर्ना मिलाउन प्रयास गरिरहेको छ । ‘पूर्वयोजना अनुसारको नभएकाले हामीसँग पनि फण्ड सिमित मात्र छ’ झाले भने-’अब उनीहरुको व्यवस्थापन चुनौती बनेको छ ।’

मानव अधिकार आयोग भन्छ- राज्यसँग सम्पर्क छैन

उद्धार गरिएका बालबालिका एउटा गैर सरकारी संस्थामा भेटिएपछि किन यस्तो भनेर सोध्दा उद्दारमा संलग्न राष्ट्रिय मानवअधिकार आयोगकी मानवअधिकार अधिकृत मञ्जु खतिवडाले भनिन्-’सरकारसँग यति धेरै बालबालिका संरक्षण गर्ने कुनै बाल आश्रम नै छैन । त्यसैले प्रशासनकै पहलमा बालबालिकालाई गैरसरकारी संस्थाको जिम्मा लगाइएको हो ।’ उनले अर्को व्यवस्था नभएसम्मका लागि बालबालिका सानो पाइलालाई जिम्मा लगाइएको बताएकी छन् ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>