Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

बलात्कार घटनापछि तीन गाउँ तनावग्रस्त

$
0
0
महोत्तरी, फाल्गुन १६ - शृंखलाबद्ध बलात्कार घटनापछि सिमाना जोडिएका ३ गाविस तनावग्रस्त छन् । सोमबार बथनाहा १ र मंगलबार अंकार ५ बेलागाउँमा २ एकल महिला तथा हलखोरी गाविसमा एक बालिकामाथि बलात्कार र प्रयास भएको हो । पीडकलाई सामाजिक कारबाही गरेरै छाड्ने गाउँलेको अडानका कारण स्थिति बिग्रिन नदिन सुरक्षा निगरानी बढाइएको छ ।

प्रहरीका अनुसार बेलागाउँको घटनाका पीडक ४० वर्षीय ललन महतोलाई पीडितसहितका गाउँलेले आक्रमण गरी घाइते बनाएका छन् । मध्यरातमा बलात्कार गरी भाग्दै गरेको थाहा पाएपछि आक्रोशित गाउँलेले महतोलाई समातेर निर्घात कुटपिट र छुरा प्रहार गरेका थिए । उनको शरीरका ५ ठाउँमा गहिरो चोट लागेको छ ।

प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार महतोको बयानका आधारमा छुरा प्रहार आरोपमा स्थानीय रूपनारायण मण्डललाई पक्राउ गरिएको छ । भारतीय पतिले छाडेकाले एक छोराकी आमा २८ वर्षीया पीडित ५ वर्षदेखि माइती बस्दै आएकी छन् । गाउँकी चेलीको इज्जत लुटेकाले महतोमाथि सामाजिक कारबाही गरिएको गाउँलेको दाबी छ ।

यस्तै, बथनाहाकी पीडित महिलाले मंगलबार पीडक ३२ वर्षीय अनिल भनिने चन्द्रभूषण झाविरुद्ध जिल्ला प्रहरीमा किटानी जाहेरी दिएकी छन् । उनको जलेश्वरस्थित जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षणसमेत गरिएको छ । घरमा एक्लै सुतिरहेकी ४२ वर्षीया उनलाई मध्यरातमा प्रवेश गरी जबर्जस्ती गरेको पीडितको आरोप छ । घटनास्थल पुगेका प्रहरी र सञ्चारकर्मीलाई पीडितले जनाएअनुसार घरमा कोही नभएको मौका छोपी प्रवेश गरेका अनिलले हल्ला गर्दा मुख थुनेर इज्जत लुटेका हुन् । आत्मरक्षाका लागि अनिलको पाखुरामा टोक्दा पनि जबर्जस्ती गरेको पीडितले बताइन् । प्रहरी नायब निरीक्षक विजन यादवका अनुसार घटनास्थलबाट अनिलले प्रयोग गरेका चप्पल, भेस्ट, रुद्राक्ष माला, ओम लेखिएको लकेट र सेवन गरिसकेको गुटखाका खाली पुरिया बरामद भएको छ ।

घटनापछि अनिल सपरिवार गाउँ छाडी बेपत्ता छन् । आफूलाई अनिलले यो समेत २ पटक जबर्जस्ती गरेको पीडितले बताइन् । अघिल्लो वर्ष पनि अनिलले नै उनलाई जबर्जस्ती गरेका थिए । त्यसबेला आफन्त र नातेदारले इज्जत र मर्यादा जाने घटना दबाएको उनले बताइन् । २ दशकअघि पतिको मृत्युपछि उनी एकल जीवन बिताउँदै आएकी छन् । २ सन्तानमध्ये छोरीको बिहे भइसकेको छ भने छोरा काठमाडौंमा काम गर्छन् ।

यसैगरी, बालिकामाथि दुव्र्यवहारका अभियुक्त हलखोरी ४ का ३२ वर्षीय प्रमोद यादवलाई प्रहरीले पक्राउ गरेको छ । यादवले ११ वर्षीय बालिकालाई केराउ लगाइएको खेतमा घाँस काट्न गएको मौका पारी जबर्जस्ती प्रयास गरेको जाहेरी पीडित परिवारले दिएको छ ।
- कान्तिपुर

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>