Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

२१ वर्षीया महिलाको रहस्यमय मृत्यु

$
0
0
१७ फागुन, कोहलपुर । रझेना - २ मदनचोककी २१ वर्षीया सीमा रानाको मृत्युलाई माइती पक्षले हत्या दाबी गरेका छन् । माघ १३ गते घरबाट माइत घर रझेना–८ पृथ्वीनगरमा हिँडेकी रानाको मृत्यु भएको थियो । उनको मृत्युको जानकारी माइतीले १६ गते शुक्रबार मात्र पाएका थिए ।
   
घरपरिवारले हत्या गरेको दाबी माइती पक्षले कोहलपुर प्रहरीमा कारबाहीको मागसहित उजुरी दिएका छन् । रानाको शव इलाका प्रहरी चौकी टिकापुर माघ १३ गते कैलालीले कर्णाली नदीमा फेला पारेको थियो । ‘१३ गते बिहान ८ बजे बेपत्ता भएकी छोरीको १३ गते दिउँसो दुई बजे कर्णाली नदीमा शव फेला पारेर प्रहरीले मुचुल्का उठाएर दाहसंस्कार गरेको थाहा भयो,'सीमाका बुबा विनोद रानाले भने, ‘छोरीलाई श्रीमानले कर्णालीमा हत्या गरेर फालेको हुनुपर्छ ।'

शवको पहिचान नभएको र कोही सम्पर्कमा नरहेको भन्दै टीकापुर नगरपालिकाले शव दाहसंस्कार गरेको कोहलपुर प्रहरी बताउँछ। माइतीपक्षको उजुरीपछि कोहलपुर प्रहरीले रानाका श्रीमान् र ससुरालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

‘शव फेला परेको कैलाली टीकापुरमा हो,'इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक रुपेश रावलले भने, ‘नियन्त्रणमा लिएका व्यक्तिलाई कैलाली पठाउँछौं, अनुसन्धान र कारबाही उतै हुन्छ।'

सीमाको माघ १३ गते नै फेला परे पनि फागुन १६ गते मात्र माइती पक्षले शवको फोटो, कपडा, गरगहनाका आधारमा पहिचान गरेका थिए। रानाको बिहे आठ महिनाअघि रझेना–२ मा २५ वर्षीय गोकर्ण महतरासँग भएको थियो।
- नागरिकन्युज

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>