बलिउडका मिस्टर परफेक्शनिष्ट आमिर खानले बम धमाका हुँदा समेत असर नगर्ने मर्सिडिज बेंज कार किनेको कुरा बाहिर आएको छ। यसको मुल्य करिब १६ करोड रुपिया पर्ने बताईएको छ। उनीले S600 मर्सिडिज बेंज कारमा यात्रा गरेको हालसालै देखिएको छ। आमिरले केही समय अगाडि धम्की आउनु पुर्व नै यो कार किनेका थिए।
आमिर भारतका तीन जना मध्येका एक व्यक्ति हुन जो सँग यस्तो कार छ। भारतका प्रधानमन्त्री मनमोहन सिंह र बिजनेसम्यान मुकेश अम्बानी मात्र यस्तो सुरक्षित कारमा हिड्ने गरेका थिए। बुलेट प्रुफ कार त कयौंसँग छ तर बमप्रुफ कार चाहि भिआईपि को लागि मात्र बनाउने गरिएको थियो।
आमिरलाई पहिलो पटक उक्त कारमा मुंबईको एक फाइव स्टार होटलमा पार्टीमा देखिएको थियो। बताइए अनुसार आमिर खानलाई केही महिना पहिला मात्र धम्की आएको थियो, उनले पुलिसस्टेशनमा उजुरी समेत गरेका थिए र पुलिसले प्रोटेक्शन पनि दिएको थियो। तरपनि परिवार र नजिकका साथीहरुको दबाबमा यो कार किनेको कुरा बाहिर आएको छ। source : nepaliheadlines