Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

यो वर्ष ५७ सय युवा कोरिया जान पाउने

$
0
0
१८ फागुन, काठमाडौं । सन् २०१४ मा रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत ५ हजार ७ सय नेपाली दक्षिण कोरिया जान पाउने भएका छन् । कोरियाको मानव संसाधन विकास (एचआरडी) ले सन् २०१३ मा विदेश कामदारका लागि छुट्टयाएको ५३ हजार कोटामध्ये नेपाललाई प्राथमिकतामा राखेर ५ हजार ७ सय दिएको छ ।

ईपीएसअन्तर्गत १५ मुलुकबाट कामदार दक्षिण कोरिया जान्छन् । एक मुलुकको भागमा औसत ३ हजार ५ सय ३३ कोटा पर्छ । नेपालले पाएको कोटा औसतभन्दा ६१ प्रतिशतले बढी हो । एचआरडी कोरिया ईपीएस सेन्टर नेपालका निर्देशक ली दोङ सिर्कले नेपाली कामदारका लागि छुट्टयाएको कोटा अन्य मुलुकभन्दा राम्रो रहेको छ ।

सन् २०१३ मा विभिन्न मापदण्ड छुट्याएर कोरियाले वैदेशिक रोजगार विभाग र ईपीएस कोरियाशाखालाई पुरस्कृत गरेको थियो । प्रक्रियागत सहजता, न्यून लागत, पारदर्शिता तथा न्यून अवैध कामदारका आधारमा नेपाल पुरस्कृत भएको हो । यही कारणले नेपाल प्राथमिकतामा परेको हुन सक्ने अनुमान गरिएको छ ।

कोरियाले विदेशी कामदार लिने कोटा ६४ हजारबाट घटाएर ५३ हजार पुर्‍याएको छ । नेपालका लागि भने २ मात्र घटेको छ ।
- कारोबार दैनिक


Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>