Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

मलेसियामा भताभुङ्ग भएको अजयको सपना

$
0
0

रामचन्द्र नेपाल, १८ फागुन,  क्वालालम्पुर । रौतहट चपुर-४ का अजयसिंह वन्जन मलेसिया आएको एक वर्ष भयो । २६ वर्षका बन्जन नेपालमै हुँदा उनको नोकरी पनि राम्रै थियो । काठमाडौँमा ट्याक्सी चलाएर महिनाको २० देखि २५ हजार रुपैयाँ सजिलै कमाउथ्ये । आफ्नो कमाईले ६ वर्षकी छोरी, अढाई वर्षको छोरा, श्रीमति अनि घरपरिवारलाई पनि खुशी र सुखीसँग राखेका थिए ।

नेपालमा यतिवेला गाउँघरमै इलम गरेर वस्नेहरुलाई प्रोसाहन गर्नेहरु कमै भेटिन्छन् । वरु विदेश जानेहरुलाई राम्रो गरिस् भन्नेहरु प्रशस्तै भेटिन्छन् । देशमा वसेकाहरुले विदेश गएकाहरुले रुखवाटै पैसा टिपेर ल्याउँछन् जस्तै गर्छन् । त्यस्तै गर्न थाले अजयलाई पनि उसका घर परिवार र आफन्तहरुले ।

विदेश आउने रहर पटक्कै थिएन अजयलाई । नहँुदा नहुँदै पनि आफन्तको किचकिचले गर्दा अजयले आफुले चलाउँदै गरेको टयाक्सीको साँचो साँहुलाई वुझाए । ट्याक्सीका साहु एक छिन त अलमलमै परे । अजयले वास्तविकता वताई सकेपछि टयाक्सी साहुले साँचो हातमा लिँदै भने,’ ल राम्रोसँग जाऊ, विदेशवाट आएपछि यही ट्याक्सी किन्नु पर्छ । तिम्रो लागि यो ट्याक्सी निकै लक्की थियो ।’

ट्याक्सी साहुले भनेको कुरालाई मनन गर्दै मेनपावरलाई एकलाख २० हजार रुपैयाँ वुझाएर उनी सात महिना अगाडि मलेसियाको वारु सुवाङ भन्ने ठाउँमा आईपुगे । मलेसिया आउनको लागि आफैले खासै प्रोसस अगाडि नवढाएको कारण मेनपावरको नाम समेत अहिले उनले विर्सिसकेका छन् । नेपालमा उनलाई जे भनेर मलेसिया पठाइएको थियो- त्यो अनुसारको काम र दाम पाउन सकेनन् । परिवारले भनेको भन्दा पनि टयाक्सी साहुले भनेको कुरा अजयले झलझली संझिए ।

आएको कम्पनीवाट त्यति पार लाग्ला जस्तो उनलाई लागेन त्यसपछि उनी त्यो ठाउँ छाडेर इपोमा रहेको एक फर्निचर कम्पनीमा अवैधानिक भएर काम गर्न थाले । मलेसिया छिरेको पाँच महिना पछाडि उनलाई शरिरले साथ दिन छाड्यो । एक्कासी शरिर सुन्निएर आउन थाल्यो । खोक्दा रतगका छिटाहरु देखिन थाले । थोरै मात्रै हिडेपनि सास फुलेर आउन थाल्यो ।

आफ्नै भिनाजु पनि मलेसियामै भएको कारण उनी भिनाजुको सहायताले दुई महिना अगाडि अस्पतालसम्म पुगे । अस्पताल उपचार गराउँदा भिनाजुको मात्रै करिव ६ हजार रिंगेट सकियो तर पनि अजयको स्वास्थमा सुधार आउन सकेन । थप उपचार गराउनको लागि उनले धेरैलाई गुहारे तर सहयोग पाउन सकेनन् ।

यतिवेला उनीसँग न त औषधि खाने पैसा छ नत घर र्फकन सक्ने अवस्था नै छ । क्वालालम्पुरमा भेटिएका उनी कसरव १५ दिनपछि नेपाल र्फकने तयारीमा छन् । समाएर हिड्न सक्ने समेत अवस्था नभएका उनले भने स्वदेशमा भए त परिवारको सहायता पाइन्थ्यो होला यहाँ कसले कसलाई पो हेर्न सक्छ र ?

उनको यस्तो अवस्था थाहा पाएपछि परिवार पनि यतिवेला निकै चिन्तित वनेका छन् । श्रीमानलाई बचाउन भन्दै श्रीमति वारी वेचेको पैसा लिएर काठमाडाँै आएर वसिरहेकी छिन् । यता अजय भने नेपाल पुगिन्छ की पुगिँदैन भन्ने पिरलोमा मृत्युसंग लडिरहेका छन् ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>