Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

दिलशोभा प्रकरणबारे के भन्छन् सुनिता, मेनुका र सविता ?

$
0
0
सामाजिक परोपकार अभियान ओझेलमा पर्ने चिन्ता

१८ फागुन, काठमाडौं । आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठ विवादमा मुछिएपछि अन्य परोपकारी अभियन्ताहरु चिन्तित बनेका छन् । हाल अनुसन्धानकै क्रममा रहेको दिलशोभाको ‘अभियोग’ ले सामाजिक सेवा अभियानमा नकारात्मक असर पर्न सक्ने उनीहरुले आँकलन गरेका छन् ।

नेपालमा अनुराधा कोइरालालाई सीएनएन हिरोका रुपमा सबैले चिन्छन् । पुष्पा बस्नेतलाई पनि सबैले सीएनएन हिरोका रुपमा सम्मानित नजरले हेर्छन् । सुनिता दनुवार अध्यक्ष रहेको शक्ति समूहले म्यागासेसे पुरस्कार पाउँदा नेपालका सामाजिक अभियन्तासँगै सम्पूर्ण नेपालीले खुशी बाँडेकै हुन् । तर, यतिबेला एउटी चर्चित समाजसेवी दिलशोभामाथि अनपेक्षित आरोप लागेपछि भविश्यका ‘सीएनएन हिरोहरु’मा एकाएक नैराश्य उत्पन्न भएको छ ।

आरोप प्रमाणित भए काम गर्न गाह्रो हुन्छ

म्यागसेसे पुरस्कार विजेता शक्ति समूहकी अध्यक्ष सुनिता दनुवार यो प्रकरण प्रमाणित भएको खण्डमा नेपालको परोपकारी अभियान दुषित बनाउने नजीर स्थापित हुने बताउँछिन् । सञ्चारमाध्यममा आएजस्तै दिलशोभाको गल्ती पुष्टि भएमा आफूजस्ता अभियन्तालाईं सामाजिक काम गर्न गाह्रो हुने सुनिताको प्रतिक्रिया छ ।

‘यो प्रकरण प्रमाणित भयो भने समाजले परोपकारी अभियानमा हिँड्ने हामी सबैलाई एउटै नजरले हेर्न सक्छ’ उनले भनिन् ‘जुन प्रत्युत्पादक बन्न सक्छ ।’ तथापि, उनले दिलशोभासित निकटता नभएको बताउँदै यो विषयमा थप विश्लेषण भने गर्न मानिनन् ।

सुनिता अध्यक्ष रहेको शक्ति समूहले बेचिएका नेपाली चेलीहरुको उद्धारमा काम गर्दै आइरहेको छ । सुनिता आफैं पनि पीडित भएर भारतबाट फर्केपछि नेपाली चेलीबेटीको उद्धार कार्यमा संलग्न भएकी हुन् । समाजसेवी चरिमाया तामाङ समेत यही शक्ति समूहमा आवद्ध छिन् ।

साँचो कुरा छिटो बाहिर आओस्

रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले फेसबुक स्टाटसमा यो प्रकरणले परोपकारी बाटोमा हिँडेका व्यक्तिमाथि प्रश्नचिन्ह खडा भएको धारणा राखेकी छिन् । ‘दिलशोभा दिदी माथिको यो प्रकरण साँचो वा षड्यन्त्र वा प्रोपोगाण्डा ? कि दिलशोभा दिदीलाई नै थाहा होला वा भगवानलाई नै’ थापाले लेखेकी छिन् ‘परोपकारी बाटोमा हिँड्ने सबैमाथि प्रश्न हो यो, छिटोभन्दा छिटो साँचो कुरा बाहिर ल्याउन सम्बन्धित निकायलाई पहल गरौं ।’

मेनुका समाजसेवामा आउनु अघिसम्म काठमाडौंका रेष्टुरेन्ट र बारमा काम गर्थिन् । त्यहाँ काम गर्ने युवतीमाथि यौनजन्य हिंसा हुने गरेको थाहा पाएपछि उनी पेशा परिवर्तन गरी समाज सेवामा लागेकी हुन् । उनले सञ्चालन गरेको रक्षा नेपाल नामक संस्थाले रेष्टुरेन्ट र वारमा अन्यायमा परेका युवतीलाई त्यहाँबाट निकालेर शीपमूलक तालिम प्रदान गरी समाजमा पुनःस्थापित गर्दै आएको छ ।
सामाजिक अभियन्ता नै ओझेल पर्ने हुन् कि ?

काठमाडौंको पेप्सीकोलामा विशेष स्कुल तथा पुनःस्थापना केन्द्र खोलेर सुस्त मनिस्थितिका वालवालिकालाई हेरचाह एवं अध्ययन गरिरहेकी सविता उप्रेती आफूले दिलशोभा प्रकरणबारे गहिरिएर अध्ययन नगरेको बताउँछिन् । तर, सञ्चारमाध्यममा आएजस्तो यो प्रकरण पुष्टि भइदियो भने यसले सामाजिक अभियानलाई असर गर्नसक्ने उनको भनाइ छ ।

सबै सामाजिक कार्यकर्ताहरु खराब आचरणका नहुने बताउँदै सविताले यो घटनापछि सामाजिक अभियन्ताहरुको चरित्रमाथि नै आशंका गर्न थालिएको गुनासो पोखिन् । ‘यसले गर्दा इमान्दार सामाजिक अभियन्ताहरु नै ओझेल पर्ने हुन् कि भन्ने डर लागेको छ’ उनले भनिन् ।

समाजशास्त्रमा एमए अध्ययन गरेकी सविताले सञ्चालन गरेको सुस्त मनस्थितिका वालवालिकाको विद्यालय नेपालमा पहिलो रहेको बताइन्छ ।
- अनलाइनखबर


Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>