Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

संसद भवनमा अश्लिल तस्वीर हेर्दै नेताजी

$
0
0
देशका गम्भिर बिषयमाथि बिचार बिमर्श र बहस हुने संसदमा आजकल अनेक हर्कत हुन थालेका छन् ।

जन निर्वाचित प्रतिनिधिहरु संसद वैठक चलिरहँदा आफ्नो यौन कुण्ठा मेटाउन अश्लि तस्वीर र भिडियोको सहारा लिन थालेका छन् । केही समयअघि भारतका एक बिधायक मोबाइलमा अश्लिल भिडियो हेरिरहेका बेला पत्रकारको नजरमा परेका थिए ।

पछिल्लोपटक स्पेनका एक सांसदले बैठक चलिरहेका बेला बयश्क म्यागेजिनमा नग्न तस्वीरमा मस्त रहेको भेटिएका छन् ।

संसदको सत्र चलिरहेका बेला रिजनालिस्ट पार्टी अफ क्याटाब्रिया (पीआरसी) का नेता मिगुअल एन्जेल रेविला एक म्यागाजिनमा यस्तो तस्वीरको आनन्द लिइरहेका थिए । त्यसैबेला उनी क्यामरामा कैद भए ।

यो तस्वीर इन्टरनेटमा भइरल भएको छ र सँगसँगै आलोचना पनि । उनी स्पेनको उत्तर क्षेत्रका चर्चित नेता हुन् । म्यागजिन रिभ्यूका लागि भनिएकाले आफ्नो सेक्रेटरीले पत्रिका ल्याएर दिएको उनको दावी छ । उनले हाँस्दै भनेका छन्–‘हो मैले गितारसँगै एक युवतीलाई हेरेँ ।’

तर, उनको यो प्रष्टिकरणलाई जनताले पत्याएका छैनन् । उनले पैसा कमाएर संसदमा नांगो तस्वीर हेरेर मोज गरिरहेको भन्दै ट्वीटरमा उनको आलोचना भइरहेको छ ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>