Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

सन्नी लियोन भन्छिन्-एकैखालको भूमिकाले अफ्ठेरो भएको छैन

$
0
0
पोर्न फिल्म खेलेर चर्चित भएकी सन्नी लियोनले आफ्नो एडल्ट इमेजबाट आफूलाई कुनै खतरा नरहेको बताएकी छन् । बलिउडमा जग्गा बनाउन कोशिस गरिरहेकी उनले भनेकी छन्, ‘मलाई कुनै एउटामात्र इमेजमा बाँधिने खतरा छैन, मलाई एउटै जस्तो भूमिका गर्दा अफ्ठेरो लाग्दैन ।’
सन्नी लियोनले विग बोस ४ मार्फत मुम्बई सिनेजगतमा पाइला राखेकी हुन् । उनी २०१२ मा जिस्म २ फिल्म खेलेर बलिउडमा प्रवेश गरेकी हुन् । त्यसपछि अघिल्लो वर्ष प्रदर्शनमा आएको ज्याक्पटमा खेलेकी थिइन् । तर उनले खेलेका दुबै फिल्मले बक्स अफिसमा कुनै कमाल गर्न सकेनन् ।
आफूले अभिनय गरेको रागिनी एमएमएस २ को प्रमोशनमा यतिबेला सन्नी जुटेकी छन् । त्यसबारे बोल्दै सन्नीले भनेकी छन्, ‘यो मेरो तेस्रो फिल्म हो र म कनुै पनि चरित्रमा बाँधिएर रहन जान्दिन । तर म मेरो छबि एउटै खालको अभिनय गर्ने अभिनेत्रीको जस्तो बन्यो भने म के नै गर्न सक्छु र, त्यसलाई बदल्न म सक्दिन ।’
तपाईंलाई थाहा होला, पोर्न इन्डट्रीबाट बलिउडमा प्रवेश गरेकी सन्नी लियोनको खास नाम करेनजीत कौर हो । उनी अमेरिकन नागरिक पनि हुन् । सन्नीले भनेकी छन्, ‘म एक महत्वकांक्षी कलाकार हुँ, त्यसैले म सकेसम्म सबैथोक भनौ जे पनि गर्न चाहन्छु, जसले अभिनेत्रीका रुपमा निखार्न मलाई मद्दत गरोस् ।’
रागिनी एमएमस २ मार्च २१ मा प्रदर्शन हुँदैछ । फिल्ममा दिब्या दत्त, परविन डबास र सन्ध्या मृदुल पनि रहेकी छन् । फिल्म २०१० मा आएको रागिनी एमएमएसको सिक्वेल हो । सन्नीलाई चहानेहरु यस एडल्ट फिल्मको ब्यग्र पर्खाइमा रहेका छन् । अब हेर्न बाँकी छ, सन्नी लियोनको यो नयाँ फिल्मले हलमा कस्तो जादु गर्छ ।
उनले सन् २००६ मा अमेरिकाको नागरिकता लिएकी थिइन् । सन्नी सिख परिवारकी एक सदस्य हुन् । तिब्बतमा जन्मेका उनका पिता दिल्लीमा बस्ने गरेका थिए । उनकी आमा हिमाञ्चल प्रदेशको सिरमौर जिल्लाकी बासिन्दा हुन् ।
सन्नी १३ वर्षकी हुँदा उनको परिवार अमेरिकाको मिशिगन सरेको थियो । त्यपछि लेक फरेस्ट हुँदै उनको परिवार क्यालिफोर्निया पुगेको थियो । सिख भए पनि आमाबाबुले सन्नीलाई पढाउन क्याथोलिक विद्यालयमा भर्ना गरिदिए । आमा बाबु ठान्थे, छोरीलाई पब्लिक विद्यालय पठाउन छोरी असुरक्षित हुन्छे ।
source : onlinekhabar

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>