काठमाण्डौँ/भाद्र १९- नाङ्गो दृश्यमा चलचित्र सेन्सर बोर्डले कडाई गर्न थालेपछि अहिले निर्माताहरु समस्यामा परेका छन् । नायिकाको भित्री बस्त्र देखिएको दृश्य देखि चुम्बन सम्म सेन्सरको आखामा परेको छ । यही समस्या झेल्यो, भदौ २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘राजनीति’ले । चलचित्रमा समावेश ‘मैले आखा झिम्क्याउदा पानी पर्छ भन्छन्’ बोलको आइटम गीतलाई सेन्सरले आपत्ती जनायो । गीतमा नाच्ने क्रममा नायिका सुष्मा कार्कीको भित्री बस्त्र देखिएको भन्दै सेन्सरले आपत्ती जनाएको हो । तर चलचित्रलाई सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ । अब यो चलचित्र हेर्नका लागि १६ बर्ष भन्दा तलका बालबालिकाले बाबुआमालाई सँगै लैजानु पर्ने हुन्छ । बसन्त निरौलाको निर्देशनमा तयार भएको यो चलचित्रमा दिपक सुवेदीको लगानी छ । चलचित्रमा राजेश हमाल, कोमल वली, पवित्रा आचार्य, दिपक सुवेदी, रमेश बुढाथोकी लगायतका कलाकारको अभिनय छ । चलचित्रले नेपालको बर्तमान अस्तव्यस्त राजनीतिक अवस्थालाई देखाउन खोजेको छ । चलचित्रमा समावेश राष्ट्रियताको भाव बाकेको एक गीत अहिले सर्वाधिक चर्चामा छ । source : medianp Latest LokGeet तीज गीतहरु + More VideosLatest Today Various Entertainment + More Videos
↧