Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

आज कुशे औंशी तथा बुबाको मुख हेर्ने दिन, वनस्पति कुशलाइ घर घरमा भित्र्याउँदै I

$
0
0
काठमाडौं, भदौ २० । आज भाद्र कृष्ण औंशी अर्थात् कुशे औंशी पर्व हो । हिन्दु धर्मावलम्विहरुले यस दिन वर्षभरि देवकार्य तथा पितृ कार्यमा पवित्र मानी प्रयोग गर्दै आएको वनस्पति कुशलाइ घर घरमा भित्र्याउँदै छन ।
पुराणमा बर्णन गरिए अनुसार शास्त्रोक्त विधि अनुसार ब्राम्हणद्धारा पूजा गरी काटेर जजमानकहाँ पुर्‍याइएको कुशलाइ घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास रहिआएको छ । हिन्दू धर्माबलम्बीहरुले कुशलाई भगवान् विष्णुको प्रतीक समेत मान्दछन् ।
यो दिन बावुको मुख हेर्ने दिनका रुपले पनि चिनिने गर्दछ । यस पर्वको अवसरमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुवालाई मनपर्ने मिष्ठान्न तथा भोजनहरू खुवाएर उपहार दिइ आदर सम्मान प्रकट गर्ने गर्दछन् । त्यसैगरि बुवा नहुनेहरुले भने आजका दिन विभिन्न पवित्र स्थानमा गई पितृको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्ने गर्दछन ।
यसैक्रममा विशेष गरी आज उत्तरगया भनेर चिनिने काठमाडौँको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावती, नुवाकोटको देवीघाट, तनहुँको देवघाट, कोका–कौशिकी (बराहक्षेत्र),विष्णुपादुका लगायतका तीर्थस्थानमा दिवङगत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेको ठूलो घुइँचो लागेको छ ।
यसैदिन नेपालका राष्ट्रिय विभूति मोतिराम भट्टको जन्म जयन्ति पनि मनाउने गरिन्छ । देश तथा बिदेशमा बिभिन्न साहित्यिक कार्यक्रम गरि यो दिवस मनाउने गरिएको छ ।
Latest LokGeet तीज गीतहरु + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351