गादी (पर्सा), फाल्गुन २१ - कमिसनका लागि दलालहरूले ग्रामीण भेगका महिलालाई भारतमा लगी चर्को मूल्यमा पाठेघर फाल्न लगाइरहेका छन् ।
दलालले सामान्य रोग लागेका महिलालाई समेत औषधोपचार गर्नभन्दा पाठेघर फाल्न फकाउने गरेका छन् । यसले गर्दा कम उमेरमै असुरक्षित रूपमा पाठेघर फाल्नेको संख्या बढेको छ । यसो गर्नेमा विपन्न, निरक्षर, दलित, आदिवासी महिला बढी छन् ।
दलालहरूको भारतीय चिकित्सकसँग सम्पर्क हुने र बिरामी पुर्याएबापत कमिसन पाउने हुँदा उनीहरू पाठेघरको सामान्य रोगलाई पनि क्यान्सर हुन सक्ने मनोवैज्ञानिक त्रास देखाएर फाल्न प्रेरित गर्छन् । महिला र तिनका परिवारजनलाई तत्काल शल्यक्रिया नगरे ठूलो रोग लाग्ने डर देखाउँछन् ।
यिनैमध्येकी एक हुन्, गादी-९ बंकुलकी ४१ वर्षीया रजियादेवी धाँगड । पाठेघर फाल्नुअघि खेतीपातीको सबै काम सहजै गर्ने उनलाई दुई वर्षयता कामकाजमा समस्या भएको छ । एकछिन काम गरेपछि उनी लखतरान पर्छिन् । 'पहिलेजस्तो जीउमा ताकत रहेन, दुई वर्षअघि भारतको खैरहवामा पाठेघर अप्रेसन गरेर फालेदेखि जीउले काम गर्नै सक्दैन,'रजियाले भनिन्, 'अप्रेसन गर्न ३० हजार खर्च भयो, शरीरको ताकत पनि गयो ।'
भारतको खैरहवामा पाठेघरको शल्यक्रिया गराएकी रजियाकी छिमेकी ४६ वषर्ीया मांगो देवीले पनि खैरहवामै उनीभन्दा एक महिनाअघि पाठेघरको शल्यक्रिया गराएकी थिइन् । मांगोका छोरा केशवर भन्छन्, '२० हजार रुपैयाँ लाग्यो, यताउताबाट जोहो गरेर आमाको अप्रेसन गराएँ ।'पाठेघर फालेयता पुरानो पीडा कम भए पनि शरीरको ताकत गुमेर सारोगाह्रो गर्न नसकेको मांगो बताउँछिन् । 'शरीरले सकेसम्म आराम खोज्छ, घरका सानामसिना काम गरेर भए पनि बुहारीलाई सघाउँदैछु,'उनले भनिन् ।
तीन वर्षयता मात्र रजिया र मांगोजस्ता गाउँका झन्डै डेढ दर्जनले खैरहवामा आङ खस्ने तथा पाठेघरको शल्यक्रिया गराएका छन् । खैरहवा सीमावर्ती भारतीय गाउँ हो । उनीहरूलाई त्यहाँ कुन चिकित्सकले आफ्नो शल्यक्रिया गरेका हुन् भन्नेसम्म थाहा छैन । उनीहरूलाई सरकारले आफ्नै देशमा यस्तो शल्यक्रिया निःशुल्क गरिदिन्छ भन्ने जानकारी पनि छैन ।
दलालले भारतीय अस्पतालमा महिला पुर्याएबापत त्यहाँबाट निश्चित कमिसन पाउँछन् । गादीमात्र नभई जिल्लाका अन्य गाउँमा पनि केही वर्षयता पाठेघरसम्बन्धी विभिन्न भ्रमहरू फैलाएकाले हचुवाको भरमा पाठेघर शल्यक्रिया गराउने क्रम ह्वात्तै बढेको ठाकुरराम कलेजकी जनसंख्या विषयकी शिक्षिका तथा जिल्ला पारालिगल कमिटीकी सदस्य सुषमा तिवारी द्विवेदीले बताइन् ।
'केहीले त २०/२५ वर्षकै कलिलो उमेरमा पनि पाठेघर फालेका छन्,'उनले भनिन्, 'चेतनाको अभाव अनि आङ खसेपछि शल्यक्रिया नगरे क्यान्सर हुनेजस्ता अफवाह फैलाएकाले यो समस्या बढ्दै गएको हो ।'
जनस्वास्थ्य कार्यालयले चार वर्षयता जिल्लामा पाठेघर तथा आङ खस्ने समस्या भएकालाई गाउँमै शिविर चलाउँदै आएको छ । त्यहाँ परीक्षणपछि सदरमुकाम वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल र नेसनल मेडिकल कलेजमा निःशुल्क शल्यक्रियाको सुविधासमेत उपलब्ध गराउँदै आएको छ ।
दलित, आदिवासी, सीमान्तकृत महिला भने जनस्वास्थ्य कार्यालयको यो सेवाको दायरामा पर्न सकेका छैनन् । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकमा तीन वर्षयता ३० गाविसका करिब तीन सय महिलाले शिविरमा पाठेघर परीक्षण गराएर निःशुल्क शल्यक्रिया गराएका छन् ।
जिल्ला जनस्वास्थ्य प्रमुख पनि यो समस्या बर्सेनि बढ्दै गएको स्वीकार्छन् । 'यो यथार्थ हो, खुल्ला सिमानाका कारण दलाल प्रवृत्तिका व्यक्तिहरूले गाउँघरका सोझासाझा महिलालाई भ्रममा पार्ने काम गरिरहेका छन्,'अरुण महतो भन्छन्, 'हामीले राष्ट्रिय महिला आयोग, परिवार स्वास्थ्य महाशाखाजस्ता सरोकारवाला निकायलाई यसबारे जानकारी गराएका छौं ।'
चालू आर्थिक वर्षमा जिल्लाका डेढ दर्जन स्थानमा निःशुल्क पाठेघर परीक्षण शिविर सञ्चालन गर्ने योजना रहेको उनले बताए । नारायणी उपक्षेत्रीय अस्पतालको स्त्री रोग विभागसँग समन्वय गरी यस्तो शिविर सञ्चालन गरिने उनले बताए । शिविरमा परीक्षण गराउन आएका महिलाको पाठेघरमा पहिलो चरणको समस्या भए त्यहीं रिंग लगाउने र दोस्रो तथा तेस्रो चरणको समस्या भएकाहरूको भने वीरगन्जमा निःशुल्क शल्यक्रिया गरिने उनले जनाए । यसरी शल्यक्रिया गराउन आउने महिलालाई आतेजाते खर्च र कुरुवालाई खाना खर्चसमेत दिने गरिएको छ ।
परीक्षण र शल्यक्रिया निःशुल्क
काठमाडौं- मुलुकका सबै सरकारी अस्पतालमा पाठेघर परीक्षण र शल्यक्रिया सेवा निःशुल्क पाइन्छ । स्वास्थ्य मन्त्रालयका सहसचिव कविराज खनालका अनुसार यस्तो सेवा उपलब्ध गराउने सम्झौता भएका निजी क्षेत्रका स्वास्थ्य संस्थाहरूमा उपचार गराउँदासमेत शुल्क तिर्नु पर्दैन । सम्झौता गरेका स्वास्थ्य संस्थाले पाठेघर परीक्षण र शल्यक्रियाबापत सरकारबाट रकम प्राप्त गर्छन् । पहिले गैरसरकारी संस्थाहरूलाई समेत यस्तो सेवाको अनुमति दिने गरिएकोमा शल्यक्रियापछि पुनः परीक्षणमा समस्या देखिएकाले हाल स्वास्थ्य संस्थालाई मात्र सेवाबापत लाग्ने रकम दिने गरिएको खनालले बताए ।

- कान्तिपुर