२५ फागुन, काठमाडौं । फागुनको पहिलो साता त्रिपुरेश्वरस्थित परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा हतारमा भेटिए इजरायली नागरिक टम जिभ । उनीसँग दोभाषेको भूमिकामा थिए, एक कानुन व्यवसायी । तिनै दोभाषेको सहायतामा टम नेपालमा जन्मिएको आफ्नो नवजात शिशुका लागि शाखाबाट प्रमाणीकरणको कागज खोजिरहेका थिए, ताकि त्यही कागज पेस गरेर काठमाडौंस्थित इजरायली दूतावासबाट शिशुको पासपोर्ट बनाउन सकियोस् । खासमा टम भाडाकी आमा (सरोगेट मदर) लिएर बच्च जन्माउन नेपाल आएका थिए । कन्सुलर शाखाका निम्ती यो नै पहिलो र अन्तिम घटना भने थिएन् । किनभने, यसभन्दा एक सातअघि मात्रै इजरायली नागरिक पावेलले यसै गरी भाडाकी भारतीय आमाबाट बच्च जन्माएर सरकारी स्वीकृति लिइसकेका थिए ।
यी दुई तथ्यले भाडाका आमाबाट सन्तान जन्माउन चाहने विदेशीका लागि नेपाल ‘हर्ब’ बन्दै जान थालेको तर्फ संकेत गर्छ । नेपालले गरेको अध्ययनबाट सस्तो नेपाली बजार, उपयुक्त मौसम र कम झन्झटिलो कानुनी प्रक्रियाका कारण विदेशीहरुले भाडाका आमाबाट नेपाल आएर बच्चा जन्माउन चाहने गरेको तथ्य पत्ता लागेको छ, जसका पछाडि कैयन् नेपाली र विदेशी सम्पर्क व्यक्तिहरुको प्रत्यक्ष र परोक्षा भूमिका रहेको छ । र, यो तथ्यलाई टमकै प्रसंगले पुष्टि गरेको आइतबार प्रकाशित नेपाल साप्ताहिकमा खबर छ । आफ्नी पत्नीको पाठेघरमा बच्चा हुर्किन नसक्ने भएपछि टम सन्तान जन्माउने भरपर्दो विपल्पको खोजीमा थिए । त्यही क्रममा उनले इजरायली कानुन व्यवसायी, जो भाडाका आमाको खोजी गर्ने दम्पतीलाई सम्बन्धित देशसम्म पठाउने र बच्चा जन्मिसकेपछि प्रमाणित गरेर स्वेदश फर्काउनेसम्मको प्रक्रियामा सामेल छन्,को सहयोगमा भारतको नयाँदिल्ली आइपुगे । करिब महिनादिन दिल्ली बसेर उनले मुम्बई घर भएकी भाडाकी आमा फरजना शेखको पाठेघरमा आफ्नो वीर्य र पत्नीको डिम्बको प्रत्यारोपण गराए, जसलाई चिकित्सकीय भाषामा ‘इन भिट्रो फर्टिलाइजेसन’ (आईभीएफ) भनिन्छ । त्यसपछि टम आफ्नी पत्नीलाई लिएर इजरायल फर्के । र, बच्चा जन्मिने समय हुनुअगावै नयाँदिल्लीबाट भाडाकी आमा फरजानालाई लिएर काठमाडौं आए ।
झन्डै दुई महिनाभन्दा बढी ठमेलमा विताउका उनले फरजानालाई भने धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरे, जहाँ २१ पुसमा उनले छोरी जन्माइन् । आउँदा एक्लै आएका टमले अब बच्चासहित देश र्फकनका निम्ति कानुनी प्रक्रिया पूरा गर्नु अनिवार्य थियो । त्यो प्रक्रिया उनले कानुन व्यवसायीसमेत रहेका दोभाषेको माध्यमबाट सजिलै पूरा गरे र बच्चा जन्मेको दुई सातामै इजरायल फर्किए । भाडाकी भारतीय महिला सन्ता जन्माएपछि ग्रान्डी अस्पतालले टम र भाडाकी महिलाको सन्तान भनेर जन्मदर्ता प्रमाणपत्र उपलब्ध गरायो । त्यही प्माणपत्रमा स्वास्थ्य मन्त्रालय समन्वय शाखाका अधिकारीले पनि हस्ताक्षर र मन्त्रालयको छाप ठोकिदिए । त्यसपछि त्यो कागज बोकेर उनीहरु परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर शाखामा पुगे । शाखाले स्वास्थ्य मन्त्रालयले प्रमाणित गरेको कागजलाई थप प्रमाणित गरिदियो । त्यसैलाई आधार मानेर काठमाडौंस्थित इजरायली दूतावासले बच्चाको नाममा पासपोर्ट र नेपालको अध्यागमन विभागले भिसा जारी गरेपछि टम वैधानिक रुपमा आफ्नो देश र्फकन पाए । भाडाकी आमा फरजाना भने नौ महिनासम्म कोखमा राखेको बच्चा जन्माइदिएबापत सर्त अनुसार झन्डै चार लाख भारतीय रुपैयाँ लिएर मुम्बई फर्किन् ।
कन्सुलर शाखामा भेटिएका टमले संक्षिप्त संवादमा यति मात्रै भने ‘यो प्रक्रिया भारतमा भन्दा काठमाडौंमा धेरै सस्तो र सहज छ ।’ टमभन्दा ठीक एक साताअघि मात्रै पावेल नामका अर्का इजरायलीले पनि यसै गरी भाडाकी आमाबाट काठमाडौंमा जन्मिएका जुम्लयाहा सन्तान लिएर स्वदेश फर्केका थिए । नेपालको कानुनमा भाडाका आमाबाट बच्चा जन्माउन मिल्ने कि नमिल्ने अथवा त्यसरी बच्चा जन्माएमा के हुने भन्ने कुनै व्याख्या छैन् । अर्थात यस सम्बन्धमा कुनै नियम कानुन नै छैन् । तर स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय र अध्यागमन विभागका अधिकारीहरु भने प्राकृतिक तवरबाट जन्मिएका र भाडाका आमाबाट जन्मिएका शिशुका दुवै सन्र्दभमा एउटै ढंगले कानुनी प्रक्रिया चालिरहेका छन् ।