बुद्ध भारतमा जन्मेका हुन् भनेर अभिब्यक्ती दिएका भारतीय अभिनेता कबिर बेदीले माफी मागेका छन् । भारतीय च्यानल जीटिभीमा प्रशारण हुन लागेको टेलिसिरियल “बुद्ध” का पात्र वेदीले टेलिसिरियिलको उद्घाटन कार्यक्रममा बुद्ध भारतमा जन्मेका हुन् भनेर दिएको अभिब्यक्ती प्रती माफी माग्दै भनेका छन् “मैले गल्ती बोंले, मलाई माफि दिनुहोस् बुद्ध नेपालको लुम्बीनीमा जन्मेका हुन्, मेरो भनाइबाट जो जसलाई असर परेको छ, यस प्रती माफि चाहान्छु”। आफ्नो फेशबुक तथा टिव्टरबाट बेदीले शनिबार दिउंसो माफी मागेका हुन् ।
बिके बेदीले निर्माण गरेको टेलिसिरीयल बुद्धको उद्घाटन कार्यक्रममा पत्रकारहरुसंग कुरा गर्दै कविर वेदीले बुद्ध भारतमा जन्मेका हुन् र बुद्धको प्रचारप्रसार पनि भारतबाटै सुरु भएको हो भनेका थिए । “बुद्ध” का निर्माता बिके वेदीले पत्रकारहरु संग भनेका थिए हामीले बुद्धबारे अनुसन्धान गरेर टेलिसिरीयल निर्माण गरेका हौं । आइतबारबाट जीटिभिमा प्रशारण हुन लागेको टेलिसिरियलमा धर्मेशको निर्देशनमा कबिर बेदी, समिर धर्माधिकारी, निगार जे खान लगाएतका कलाकारहरुको अभिनय रहेको बताइएको छ । ५२ भाग लामो टेलिसिरियल बुद्धको उद्घाटन कार्यक्रममा कबिर बेदीले बुद्ध भारतमा जन्मेका हुन् भन्ने अभिब्क्ती दिए पछि संसारका बिभिन्न स्थानमा रहेका नेपालीहरुले बिरोध जनाएका थिए । सामाजीक संजालमा कबिर बेदीले बोलेको भिडियो सार्वजानीक भए पछि संसारका बिभिन्न स्थानमा रहेका नेपालीहरुले बेदीको भनाईको बिरोध गर्दै भिडियो सेयर गरेका थिए ।
अमेरिकाको क्यालीफोर्नियामा रहेर बुद्ध नेपालमा जन्मेका हुन् भन्ने अभियानका लागि १० लाख हस्ताक्षर संकलन गरेर संयुक्त राष्ट्रसंघका महासचिव वान्की मुनलाई बुझाउने अभियानमा जुटिरहेका प्रेम गुरागांईले भन्नुभयो “मलाई कविर बेदीले बुद्ध भारतमा जन्मेका हुन् भनेर दिएको अभिब्यक्ती सुन्ना साथ असह्य भयो र तत्काल उसलाई बुद्ध नेपालमा जन्मेको प्रमाण सहितका ईमेल, फेशबुकमा र ट्वीटरमा म्यासेज लेखेको थिए, त्यसको केहि समय पछि उनले फेशबुक र ट्वीटरबाट माफि मागे जुन सकारात्मक छ।” गुरागाईंले थप्नुभयो अब हामी नेपालीले बुद्ध नेपालमा जन्मेको संन्देश झनै फैलाउनु आवश्यक छ । अमेरिकामा बस्दै आएकी नायिक जल शाहले आफ्नो फेशबुकमा बेदी प्रती आक्रोश पाखेर लेखेकी छन् “ सायद बुढेसकालले छोएर होला बेदी तिमीले यती ठुलो भुल गरेको, अध्यन गरेर बोल बुद्ध नेपालमा जन्मेका हुन्, भारतमा होइन ।”
पत्रकारहरुसंग बेदीले बुद्ध भारतमा जन्मेका हुन् भनेको भिडियो

CLICK HERE TO WATCH VIDEO