यही सेप्टेम्वर ६ तारिखक शुक्रवारका साँझ क्यानडाको राजधानी अटवामा बसोवास गर्ने नेपाली महिलाहरूले भव्यरूपमा नाचगान गरे । परंपरा देखि मनाउँदै आएको नेपाली नारीहरूको महान चाड तीजकोले छुट्टै महत्व बोकेको छ । आफ्ना पतिको दिर्घायूको कामना गर्न परंपरा देखि मनाउँदै आएको तीज पर्व ,विदेशमा बस्दा झनै यसको महत्व हुने सहभागीहरू बताउँछन् । यसको परंपरागत महत्व त छँदैछ त्यसमा पनि विदेशमा बसोबास गर्दा ,परिवार सँग टाढा भएर व्यस्त जीवन यापन गरेका बेला यसरी महिलाहरू एकै ठाँउमा उस्तै पहिरन र एउटै उधेश्यले भेला भएर निर्धक्क नाच्न र गाउँन पाँउदा यसले छुट्टै आनन्द दिएको कुरा सहभागीहरू बताउँछन् । राता साडी र रातै चोलीपहिरिएर विभिन्न गहनाले सजिएका महिलाहरूको भेला देख्दा हरितालिकाको दिनको काठमाण्डौको पशुपतिनाथमा लाग्ने भक्त महिलाहरूको मेलाको स्मरणा गराँउछ । घर घरमा पकाएर ल्याएका पुलाउ,लट्टे,खिर,ढकने ,विभिन्न तरकारिहरू, अचार र मिठार्इहरूका परिकारहरू खाएर रमार्इलो गरे । नेपाली तिजका गितहरूमा कम्मर मर्काइ मर्काइ नाचे । अटवा कम्यूनिटि इमिग्रेसन सभिस अर्गनाइजेसनको हलमा सम्पन्न उक्तकार्यक्रमको आयोजना तारा उप्रेती , चिजु गौतम तथा लिला न्यौपानेले गर्नु भएको थियो । Latest LokGeet तीज गीतहरु + More VideosLatest Today Various Entertainment + More Videos
↧