चैत १, काठमाडौं : पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्य वृद्धि विरुद्व विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका छन्। विभिन्न दल निकट १३ विद्यार्थी संगठनको भर्खर सम्पन्न बैठकले चैत ५ गते उपत्यका बन्दसहित विरोधका अन्य कार्यक्रमको घोषणा गरेका हुन्।
बन्द कार्यक्रमलाई सरकारको नेतृत्व गरेको कांग्रेस र एमालेका विद्यार्थी संगठनले पनि समर्थन जनाएका छन्। नेविसंघ प्रवक्ता युपी लामिछानेका अनुसार विरोध कार्यक्रम अन्तर्गत शनिबार दिउँसो उपत्यकामा प्रदशर्न गर्ने, आइतबार मूल्य वृद्वि फिर्ता लिन माग गर्दै प्रधानमन्त्रीलामई ज्ञापन पत्र बुझाउने, सोमबार र मंगलबार मूल्य वृद्विबारे सरोकारवालासँग अन्तर्क्रिया गर्ने तथा बुधबार देशव्यापी मसाल जुलुस निकालेर बिहिबार उपत्यका बन्द गरिनेछ।
नेपाल आयल निगमले शुक्रबारदेखि लागु हुने गरि पेट्रोलको मूल्य प्रतिलिटर १० तथा मट्टितेल र डिजेलको मूल्य ६ रुपैयाँ बढाएपछि विद्यार्थी संगठनहरु आन्दोलित भएका हुन्।
यसैबीच शनिबार मूल्य वृद्धिको विरोधमा उत्रिएका युवा संघका कार्यकर्ताले मिनभवनमा सरकारी गाडीमा अवरोध पुर्याउन खोजेपछि प्रहरीले लाठिचार्ज गरेको छ । महानगरीय प्रहरी वृत्तका डिएसपी रेवती ढकालले भिभिआइपी आवागमनमा अवरोध पुगेपछि बल प्रयोग गरिएको बताए ।
काठमाडौं परिसर प्रमुख एसएसपी रमेश खरेलले बाटो अवरोध, ढुंगामुढा र तोडफोड गर्ने जो सुकैलाई घटनास्थलबाट पक्राउ गर्न आफू माताहतका निकायलाई सेटबाटै कडा निर्देशन दिएका छन् ।

- अन्नपूर्ण पोष्ट