स्याङजा, चैत्र २ । स्याङ्गजाको पेलाकोट गाउँं विकास समिति वडा नम्बर ९ सेनीथुम्कामा आज विहान जीप दूर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । गल्याङबाट आखलादेवी मन्दिर जादै गरेको ग १ ज १४५४ नम्बरको जीप दुर्घटना हुँदा जगत्रदेवी ८ का मनवहादुर नेपाली, ज्ञानु नेपाली, सीता नेपाली, शोभा मगर, तीनदोवाटेका कमल थापा, कालिकाकोटकी किसमायास सार्की र चक्रवहादुर सारुको मृत्यु भएको हो ।दुर्घटनामा परी सात जना घाईते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइतेहरुको पाल्पा स्थित लुम्विनी मेडिकल कलेजमा उपचार भईरहेको छ । गल्याङ्बाट जीप रिजर्भ गरेर अकलादेवी दर्शन गर्न गएकाहरु दुर्घटनामा परेका हुन् ।
जीपमा १६ जना यात्रु सवार थिए । जीपका चालक र सह–चालक भने सकुशल छन् । दुर्घटना भएको स्थान भिरालो भएको र जीपको व्रेक फेल भएर २ सय मिटर तल खोचमा खसेको प्रहरीले जनाएको छ । source: imagekhabar