Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

फ्रान्समा रुखजस्तो अनौठो अपार्टमेन्ट बन्दै

$
0
0
तपाईले बिभिन्न डिजाइन र शैलीका अग्ला भवन र अपार्टमेन्ट देख्दै आउनुभएको छ । तर, कहिले रुखजस्तै हाँगाबिंगा फैलिएको सानदार भवन देख्नुभएको छ ?

आर्किटेक्टको दुनियाँमा यो अनौठो प्रयोग हुँदैछ फ्रान्समा । फ्रान्सको मोन्टपिलरमा बन्न लागेको १७ तले अपार्टमेन्ट झट्ट हेर्दा बिशाल रुखजस्तो लाग्छ । हरेक तलाबाट बाहिर निस्किएका यी संरचनालाई रुखका हाँगाजस्तो देखाउन अनेकतिर फर्काइएको छ ।

तर, यी हाँगाबिगा देखाउनका लागि मात्र हैनन, त्यहाँ साँझको समयमा टहलिने, ब्यायाम गर्नुका साथै घाम छेक्ने काम पनि गर्छन् ।

५६ मिटर अग्लो यो भवनमा १२० युनिट अपार्टमेन्ट बन्दैछन् । यसमा रेष्टुरेण्ट, बार, आर्ट ग्यालरी र स्विमिङ पुलको समेत ब्यबस्था गरिएको छ ।

‘सेतो रुख’ नाम दिइएको यो संरचनाको डिजाइन फ्रान्सेली र जापानी आर्किटेक्टहरुले बनाएका छन् ।



Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>