चैत २ गते । निर्देशक श्याम भट्टराईले सिनेमा ‘हिम्मतवाली’ छाडेको घोषणा गरेको तीन दिनपछि अभिनेत्री रेखा थापाले वक्तव्य जारी गर्दै आरोपहरुको खण्डन गरेकी छन् ।
आक्रोशित शैलीमा फेसबुकमा जारी वक्तव्यमा निर्देशक भट्टराईलाई आफूले प्रोजेक्टबाटै निकालेको दाबी रेखाले गरेकी छन् । उनी लेख्छिन्, ‘सुटिङ सुरु भएको तीन दिनमै निकालेको हो । दुई दिनमा बसन्त श्रेष्ठको गीतमै समय गएको थियो । तपाईंले गरेको एक दिनको काम पनि रिसुट गर्दैछु ।’
राजधानी फर्किएपछि प्राविधिकहरुसँग संयुक्त पत्रकार सम्मेलन गर्ने पनि रेखाले उल्लेख गरेकी छन् । स्पटमा भएका गतिविधिको भिडियो रेकर्ड आफूले गरेको र काठमाडौं फर्किएपछि ‘युट्युव’बाट सार्वजनिक गर्ने रेखाले धम्की दिएकी छिन् ।
प्राविधिकलाई मानवीय सहयोग नगरेको भन्ने भट्टराईको आरोपको पनि रेखाले खण्डन गरेकी छन् । उनी चुनौति दिन्छिन् ‘के कुरामा मैले तपाईंलाई सुटिङ चलिरहेको अवस्थामा रोकेर निकालेको मेरो युनिटले प्रेसको अगाडि बोल्नेछन् ।’
यसैसाता एक वक्तव्य जारी गर्दै निर्देशक भट्टराईले रेखा थापाको अव्यवसायिक र अमर्यादित व्यवहारका कारण आफूले प्रोजेक्ट छाडेको जनाएका थिए । यतिबेला रेखा आफैले हिम्मतवाली निर्देशन गरिरहेकी छन् । फिल्मका तस्विर पनि एकपछि अर्को गर्दै उनले सार्वजनिक गरेकी छन् ।