Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

धारिलो हतियार प्रहार गरी महिलाको हत्या

$
0
0
चैत २, राजविराज : एक हप्ताभित्र सप्तरीमा एक अर्की महिलाको हत्या भएको छ । पछिल्लो पटक शनिबार राति त्रिकौल गाविस-५ मा ३८ वर्षीया निर्मलादेवी साहको हत्या भएको हो । यसअघि फागुन २४ गते राजविराज- ७ कि नजराना खातुनको आगो लगाएर हत्या भएको थियो ।

वडा नम्बर ५ कि ३८ वर्षीया निर्मलादेवीको आफ्नै घरमा विभत्स हत्या गरिएको हो । उनी संविधानसभाको पछिल्लो निर्वाचनमा जनतान्त्रिक मधेस मुक्ति टाइगर्स पार्टीको तर्फबाट समानुपातिक उम्मेदवार थिइन् ।

मृतक साहको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । शनिबार राति घरमा एक्लै रहेको बेला अज्ञात समूहले साहको हत्या गरेको प्रहरीको कथन छ । हत्याको खबर आइतबार बिहान मात्रै सार्वजनिक भएको हो ।

आफ्नै घरमा किराना पसल सञ्चालन गर्दै आएकी साहको पसल आइतबार बिहान नखुलेपछि स्थानीयहरुले सोधखोज गरेपछि आँगनमा उनको लाश विभत्स अवस्थामा फेला परेको स्थानीयहरुले बताए । लाश देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । लाशको प्रकृति अनुसार बलात्कारपछि हत्या गरिएको प्रहरीको आशंका छ ।

चार वर्षअघि मृतकका पति जयकुमार साहको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । उनका छोरा दिपक काम विशेषले सिरहाको लहानमा रहेको बेला निर्मलाको हत्या भएको हो ।

आफ्नो परिवारको जग्गासम्बन्धी आफन्तसँग विवाद रहेको र रातिको घटनापछि घरमा रहेको जग्गासम्बन्धी कुनै पनि कागजात फेला नपर्नुले आमाको हत्या सोही कारण हुनसक्ने दिपकले आशंका व्यक्त गरे । प्रहरी नायव उपरीक्षक राजकुमार बैदबारले भने घटनाबारे तीव्र अनुसन्धान भईरहेको बताउँदै अनुसन्धानपछि मात्र वास्तविकता थाहा हुने जानकारी दिएका छन् ।

साहको शवलाई आइतबार दिउँसो घटनास्थलबाट मुचुल्का बनाई प्रहरीले परीक्षणकोलागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याएको छ।
- अन्नपूर्ण

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>