काठमाडौ, चैत्र ६ - टी२० विश्वकपमा अफगानीस्तानविरुद्धको खेलमा म्यान अफ दी म्याच घोषित भएका जितेन्द्र मुखियालाई सभासद् जितेन्द्र यादवले आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन् ।
नेपाललाई जिताउन महत्वपूर्ण भूमिका खेलेको भन्दै रौतहट ५ सभासद् बनेका यादवले मुखियालाई पुरस्कार स्वरुप तलब दिने घोषणा गरेका हुन् । मुखिया पनि रौतहटबासी हुन् ।
अफगानीस्तानविरुद्ध मुखियाले ४ ओभर बलिङ गर्दै तीन विकेट लिएका थिए । तीन विकेटका लागि उनले १८ रन मात्रै खर्चिएका थिए ।
मुखियाले अफगानीस्तानका मोहम्मद साहजाद, नजिबुल्लाह जद्रान र समिउल्लाह स्नेवारीलाई पवेलियन फर्काएका थिए ।

- कान्तिपुर