काठमाडौं, भदौ २५ – पछिल्लो समय माइली साइस आफ्नो बाल कलाकारको छवी बदल्न बेजोडले कोशिस गरिरहेकी छिन् । केही समयअघि मात्र भिडियो म्युजिक अवार्डमा उत्तेजक ट्र्वीक डान्स देखाएर देखाएर सबैलाई सबैलाई चकित पारेकी थिइन् ।
काठमाडौं भदौ १२ (एजेन्सी) – बालबालिकाहरुका लागि लक्षित डिस्नीको चर्चित टेलिभजन सो ‘ह्याना मोन्टाना’बाट चर्चित भएकी गायिका तथा नायिका माइली साइरस अहिले विश्व समाचार र सामाजिक सञ्जालमा फेरि एक पटक चर्चाको विषय बनकी छिन् । तर, यो उनको यो चर्चा उनको सो ‘ह्याना मोन्टाना’ को लागि नभएर हालै मात्र एमटिभी म्युजिक अवार्डमा उनले गरेको उत्तेजक नृत्यका कारण भएको हो । एमटिभी म्युजिक अवार्डमा छालाको रंग भएको भित्री वस्त्रमा प्रस्तुत भएकी माइलीले गायक रबिन थिकसँग निकै उत्तेजक हाउभाउ र नृत्यसँगै आफ्नो गीत प्रस्तुत भएकी थिइन् । उनको हात पटक पटक आफ्नो गुप्ताङमा चलाउँथिन् भने कहिले गायक रबिनको ।
सबैभन्दा चर्चा उनको ट्र्वक नाचले (एक प्रकारको नाच जहाँ नितम्बलाई हल्लाएर नाच्ने गरिन्छ) कमायो । उनको नृत्य हेरेर त्यहाँ उपस्थित कलाकारहरु पनि स्तब्ध भएका थिए । सबैका सामु बालकलाकारको छवी बनाएकी माइलीको उक्त प्रस्तुती हेरेपछि धेरैजना दंग रहे । उनको यो प्रस्तुतीले अहिले निकै आलोचना खेप्नु परिरहेको छ । उनको यो प्रस्तुतीबारे ट्वीटरमा प्रति मिनेट ३ लाख ६ हजारका दरले टिप्पणीहरु भएका थिए । जुन अहिले सम्मकै रेकर्ड पनि हो । त्यस्तै अन्य सामाजिक सञ्जालहरुमा पनि उनको आलोचना गर्ने त्यतिकै थिए । कतिले त माइलीले ड्रग्स खाएर सो प्रस्तुती दिएको आरोप समेत लगाएका छन् । धेरै अविभावकहरुले अब ह्याना मोन्टानालाई पहिलेजस्तै हेर्न नसकिने पनि बताएका छन् । -source : ratopati