Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

कसले सुन्छ यी अबोध दुधे बालकको चित्कार ?

$
0
0
सवारी दुर्घटनामा परि ज्यान गुमाएकी लोक तथा दोहोरी गायिका मञ्जु महतको डेढ बर्षिय छोरा रुदै.......

काठमाडौं, चैत्र १८ । माइक्रोबसको ठक्करले मृत्यु भएकी लोकदोहोरी गायिका मञ्जु महतको हिजो पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । अन्त्येष्टीमा आफन्त, कलाकार र सर्वसाधारणको ठूलो उपस्थिति थियो
यसअघि मञ्जुको शवलाई आज प्रज्ञा भवन कमलादीमा राखी अन्तिम श्रद्धान्जली अर्पण गरिएको थियो । माइक्रोबस सञ्चालक र आन्दोलनकारी कलाकारहरुबीचको वार्तामा सञ्चालकहरुले गायिका महतका परिवारलाई १० लाख क्षतिपूर्ति दिने सहमति भएपछि गायिकाको अन्त्यष्टी गरिएको हो ।

गत बिहीबार जमलस्थित रेकर्डिङ स्टुडियोतर्फ जाँदै गरेकी गायिका महतलाई ठमेल गल्कोपाखामा दुईवटा माइक्रोबसले चेपेर घाइते बनाएकोमा ग्राण्डी अस्पतालमा उपचारको क्रममा शनिबार निधन भएको थियो ।

माइक्रोबसको लापरबाहीको कारण मन्जुको मृत्यु भएको विरोधमा उत्रिएका कलाप्रेमीहरुले राजधानीका सडकमा माइक्रोबसको छाडापनका कारण सडकमा कोही पनि सुरक्षित नरहेको भन्दै माइक्रोबसमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>