Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

यसरी सुरु भयो अप्रिल फूल !

$
0
0

ठग राजाको कथा र क्यालेन्डर परिवर्तन

१८ चैत, काठमाडौं । तपाईलाई कसैले झुक्याउला है । किनभने आज अप्रिल फूल अर्थात्, झूटो बोल्ने, बेवकूफ र मूर्ख बनाउने दिन । धेरैले आज साथीहरुलाई मूर्ख बनाउने क्रियाकलाप गर्छन् । तर यो दिवसको पृष्ठभूमिबारे कतिपयलाई जानकारी नहुन सक्छ ।

 ठगलाई बनाइयो राजा

बोस्टन विश्वविद्यालयका इतिहास प्राध्यापक जोसेफ बोस्किनका अनुसार कन्स्टेन्टाइन शासन कालमा केही ठगहरुले रोमन शासक समक्ष शासन सञ्चालनमा गज्जबको आइडिया दिन सक्ने क्षमता भएको भ्रम छरे । शासक दंग परे अनि तिनै ठगमध्येको एक कुगेललाई एक दिनका लागि राजा बनाउन सहमत भए । कुगेल ठग न परे, एकदिने राजगद्दी उनले बेवकूफ शैलीमा बिताए । मनपरी निर्देशन र शासन चलाए । पछि यो प्रचलन वाषिर्क गतिविधिकै रुपमा मनाउन थालियो ।

‘यो एकदिन संवेदनशील अवसर हुन्थ्यो, मूर्ख, ठगहरु पनि भलाद्मी बन्न खोज्थे’ प्राध्यापक बोस्किन भन्छन् ‘मूर्ख, ठगहरुलाई सुधि्रनुपर्ने प्रेरणा हुन्थ्यो ।’

क्यालेन्डर नबुझ्दा

अपि्रल फूल अंगे्रजी दिवसमध्ये लोकपि्रयको कोटीमा छ । सन् १५८२ मा पोप जर्ज तेह्रौंले विद्यमान जुलियन क्यालेन्डर परिमार्जन गरी जर्जियन क्यालेन्डर बनाउने आदेश दिएका थिए । यसमा नयाँ वर्ष जनवरी पहिलो तारिखमा मनाउनु पर्ने उल्लेख गरियो । पहिलो वर्ष नै प|mान्सले परिमार्जित क्यालेन्डर लागू गर्‍यो । तर, अधिकांशः नागरिक परिमार्जित क्यालेन्डरको बारेमा अलमलिए । अघिल्लो क्यालेन्डरमा नयाँ वर्ष अपि्रल पहिलो तारिखमा मनाउने उल्लेख थियो । धेरैजनाले यसअघि झैं अपि्रल पहिलो तारिखमै नयाँ वर्ष मनाइरहे ।

अपि्रलमा नयाँ वर्ष मनाउनेहरु परम्परावादी र बेवकूफको रुपमा आलोचित भए । कतिपयले पुरानै क्यालेन्डरमा झैं अपि्रलमा नयाँ वर्ष मनाउनुपर्ने भन्दै अरुलाई ‘बेवकूफ’ बनाउने चालबाजी पनि गर्न थाले । यो प्रचलन विस्तारै युरोपभरि फैलियो । विश्वव्यापीकरणको प्रभावले अपि्रल फूल चाडकै रुपमा संसारभरि अपनाउन थालिएको छ ।

तर, यो परिभाषामा दुईखाले प्रतिक्रिया आएको छ । पहिलो, अपि्रल फूल एकैपटक युरोपभरि फैलिएको होइन भनिएको छ । बेलायतमा समेत नयाँ क्यालेन्डर निकै ढीलो मात्र अपनाइएको हो । बेलायतले सन् १७५२ मा अपनाएको हो ।

अर्को, अपि्रल फूलको बारेमा स्पष्ट इतिहास छैन । ऐतिहासिक मान्यता प्रमाणको रुपमा लिन सकिँदैन भन्ने आलोचकहरुको भनाइ छ ।

अपि्रल फूल खासगरी पश्चिमा मुलुकहरुमा प्रचलित छ । संचार, सांस्कृतिक आदानप्रदान र बसाँइसराइको प्रभावले अन्य मुलुकहरुमा अपि्रल फूल मनाउन थालिएको छ । यो दिन बेवकूफ बनाउने खालको एसएमएस, फोन र कुराकानी गरिन्छ । नबोलाएको ठाउँमा निमन्त्रणा आएको, अरुले कुरा काटेको, सेलिबे्रटीहरुको बारेमा, राजनीतिक विषयमा ‘हावादारी’ गफ दिएर अरुलाई अलमल्याउने जस्ता क्रियाकलापहरु गर्ने चलन छ ।
- अनलाइनखबर

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>