Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

साउदीमा मृत्यु भएकी महिला नेपालमा जीवितै

$
0
0
२६ चैत, साउदी अरब । २० महिनाअघि आत्महत्या गरेकी एक घरेलु कामदार महिलाको शव सद्गद नहुँदै उनी नेपालमा ज्यूँदै रहेको पाइएको छ ।

नेपाली दूतावासले आत्महत्या गरेको भनिएकी महिलाको शव नेपाल पठाउन परराष्ट्र मन्त्रालयमार्फत नातेदार खोजी गर्दा राहदानीमा उल्लिखित ठेगानाका आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट उनी जीवितै रहेको जानकारी प्राप्त भएको हो । यसले नेपाली राहदानीको दुरुपयोग भएको खुलासा गरेको छ ।

कागजपत्रअनुसार नेपाली राहदानी नम्बर ४०००५६०५ का लमजुङ जिल्ला प्याराजुंग गाविस ८ निवासी ४२ वर्षकी दुर्गाकुमारी गुरुङ घरेलु कामदारका रुपमा सन् २०११ डिसेम्बर ७ मा साउदी अरब आएकी थिइन् । त्यसको आठ महिना १३ दिनपछि २०१२ अगस्ट २० मा उनले आत्महत्या गरिन् । लमजुङ जिल्ला प्रशासन कार्यालयबाटै प्रदान गरिएको राहदानी र नागरिकता मृतकको साथमै फेला परेका थिए । त्यसमा उनकै तस्वीर रहेको थियो ।

उनको नागरिकता लमजुङ जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी जेपी अर्यालको हस्ताक्षरमा जारी गरिएको उल्लेख छ । नागरिकता नम्बर ४५२६३/४८७ भएको र जन्ममिति २०२६ कात्तिक २८ गते उल्लेख गरिएको नागरिकता प्रमाणपत्रमा बाबुको नाम हेमराज गुरुङ उल्लेख गरिएको छ । राहदानी र नागरिकतामा भएको विवरणका आधारमा दूतावासले सोधखोज गर्दा जिल्ला प्रशासन कार्यालय लमजुङले दुर्गाकुमारी गुरुङ विदेश नगएको र हालसम्म गाउँमै बसोबास गरिरहेको पत्र पठाएको थियो । उनी भारतीय हुनसक्ने दूतावासको अनुमान छ ।

मृतक नेपाली नागरिक नभएको दूतावासले पुष्टि गरेपछि उनको शव अहिले बेवारिसे बनेको छ ।
- नागरिक दैनिक

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>