
संसार सबैको साझा हो | तर सबै प्राणी यो संसारमा साझा भएर बाच्न पाएका छैनन् | स्वार्थका लागि आफ्नो इमान बेच्ने कलियुगका हामी जनमानस किन शभ्य बन्न सकीरहेका छैनौ ? प्रश्नको जवाफ कठिन छ र संसारिक हामी प्राणीमा चेतनाको अभावले सधै एक आपसबीच घोचपेच,असमानता,विभेदको ठुलो निशानी अमरभै रहीरहेको छ |
सेवानै धर्म हो भन्ने सोचाई राखे मात्र हामी संसारलाई सुखी र सुन्दर बनाऊन सक्छौ | कसैलाई परीआएको खण्डमा साथ र सानो सहयोगले उसको पूर्ण जीवनमा ठुलो परिबर्तन ल्याईदिन सक्छ | पानीको थोपा थोपाबाटनै बिशाल समुन्द्र बन्छ | संसारमा जन्मेपछि आफ्नो स्वार्थ त्यागेर समाज,देश र संसारलाई राम्रो बनाऊछु भन्ने मानवता र भावना सबैमा विकास भयो भने अबस्य एक दिन संसारले नयाँ स्वरुप पाउने छ |
हालै युट्युबमा सार्बजनिक भएको एक भिडियोमा येस्तै कुरालाई देखाइएको छ | कसैको खुशीको लागि आफ्नो सबै कुरा समर्पित गरेका ती युवक वर्तमान परीपेक्ष मा सबैका लागि प्रेरणा बनेका छन् | हेर्दा जोकोहिको आँखा रसाउने, युट्युबमा ५ दिन अगाडीमात्र राखिएको यो भिडियो हालसम्म १७ लाख १२ हजारभन्दा बढी पटक हेरीसकिएको छ |तल भिडियो हेर्नुहोस्:-
Post by ScotNepal.Com.