Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

भारत हिडेका ७८ युवायुवती प्रहरी नियन्त्रणमा

$
0
0
संखुवासभा, चैत्र २७ - भारतमा राेजगारी दिने प्रलोभनमा लान लागिएका  ७८ जना युवायुवतिलाई संखुवासभामा प्रहरीले नियन्त्रणमा लिएको छ ।  विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुलाई बिहीबार सदरमुकाम खाँदबारीका बिभिन्न स्थानबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा २१ युवती र ५७ युवा छन् । बस रिर्जभ गरेर जानलागेको बेला उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ठूलो संख्यामा युवतीको संख्या भारत तर्फ गैरकानुनी ढंगले लगिदै छ भन्ने सूचनाका आधारमा उनीहरुलाई बिभिन्न स्थानबाट नियन्त्रणमा लिएको प्रहरी प्रमुख डिएसपी पवन गिरीले बताए । एकैपटक ठुलो रकम कमाउने प्रलोभन देखाएर उनीहरुलाई भारतको कानपुर लैजान खोजिएको गिरीले बताए ।

'खाँदबारी नगरपालिका ११ ढुंगेधाराकी सविना राईले भारतको कानपुरमा कपडा उद्योगमा काम लगाई दिने भनेर उनीहरुलाई उता लैजान खोजिएको रहेछ,'डिएसपी गिरीले भने, 'त्यपछि हामीले उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरेका हौ ।'प्रहरीले सविनालाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ ।
- कान्तिपुर

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>