Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

कागजपत्र नहुँदा भारतमा २५ नेपाली बालक अलपत्र

$
0
0
२७ चैत, काठमाडौं । नेपाल फर्किन आवश्यक कागजपत्र नपुग्दा भारतको मज्जफरपुरमा बाराका ७ सहित विभिन्न जिल्लाका २५ बालक दुई सातादेखि अलपत्र अवस्थामा छन् ।

अलपत्र पर्नेहरुमा मकवानपुर र रौतहटका ४/४, कैलालीका ३, सिराहाका २ र दैलेख, सर्लाही, धनुषा, बाँके र जिल्ला नखुलेको नेपालीको त्रिनोकी गाउँ भएका १/१ बालक रहेका छन् । उनीहरु सबै १० देखि १५ वर्ष उमेरभित्रका रहेका छन् ।

बालबालिकाको उद्धार गर्ने भारतीय गैरसरकारी संस्था जीवन ज्योतिलाई नेपाली पक्षले आवश्यक कागजपत्र उपलब्ध गराउन नसक्दा बालकहरु घर फर्किन नपाएका हुन् । घर फर्काउने तयारीमा रहेको संस्थाले कागजपत्र र प्रक्रिया नपुगेको भन्दै जिम्मा लगाउन नमानेपछि उद्धारका लागि पुगेको नेपाली टोली मंगलबार रित्तो हात फर्किएको छ ।

नेपाली बालबालिका अलपत्र परेको खबर पाएपछि जिल्ला प्रशासन कार्यालय बाराको सहयोगमा माइती नेपाल, प्रहरी र केही अभिभावसमेतको टोली मज्जफरपुर पुगेको थियो । ‘घर र्फकन नपाएका उनीहरु व्याकुल बनेका छन्,’ टोलीका एक सदस्यले भने ‘अभिभावकको हात समातेर रुँदै घर लैजानुस् भनेका थिए, तर पनि ल्याउन सकिएन् ।’ यसअघि आफ्नै प्रषसमा मज्जफरपुर पुगेका बारा र रौतहटका केही अभिभावकलाई पनि बालबालिका जिम्मा लगाउन संस्थाले इन्कार गरेको थियो । उनीहरु सबैलाई संस्थाको आश्रममा राखिएको छ ।

भारत सरकारले सम्बन्धित निकायले पत्राचार गरेपछि मात्र जीवन ज्योतिले बालबालिका नेपाली पक्षको जिम्मा लगाउने जानकारी गराएकाले आफूहरुले केन्द्रीय बालकल्याण समिति र गृहमन्त्रालय मार्फत भारतीय पक्षसँग कुरा गरेर उद्धार गर्ने पहल सुरु गरेको प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईले बताए । उनले यसका लागि मन्त्रालय र बालकल्याण समितिमा पत्राचार गरिसकेको जानकारी दिए ।
- नेपाल समाचारपत्र

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>