Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

ओबामाले दिए नेपालीलाई नयाँ वर्षको शुभकामना

$
0
0
२९ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाली नागरिकलाई नयाँ वर्ष २०७१ सालको शुभकामना दिएका छन् । 

राष्ट्रपति ओबामाले शनिबार विज्ञप्ति जारी गर्दै अमेरिकी नागरिक र आफ्नोतर्फबाट सम्पूर्ण नेपाली नागरिकलाई नयाँ वर्ष (विक्रम संवत्) को शुभकामना दिएको विदेशमन्त्री जोन केरीले जानकारी गराएका छन् ।

‘नेपाली नयाँ वर्षले सम्पूर्ण नेपालीमा सुखशान्ति प्राप्त होस, बितेको वर्ष नेपालले महत्वपूर्ण अवसर प्राप्त गरेको छ, संविधानसभाको निर्वाचन प्रजातान्त्रिक तवरले सम्पनन्न भएको छ । 

मलाई विश्वास छ, नयाँ वर्षमा नेपालले अझ प्रगति र राजनीतिक स्थायित्व प्राप्त गर्नेछ,’ ओबामाले भनेका छन् । उनले नेपालले एक वर्षभित्रै नयाँ संविधान पाउने र त्यसले मुलुकलाई शान्तिको मार्गमा लैजाने अपेक्षासमेत गरेका छन् ।
- राजधानी दैनिक

Viewing all articles
Browse latest Browse all 20351