Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

इजरायलमा एक नेपाली महिलाको शंकास्पद मृत्यु

$
0
0
इजरायल,  २९ चैत्र । पश्चिम नेपालको लमजुङ स्थायी घर भई रोजगारीको सिलशिलामा करिव ५ बर्ष अघिदेखि इजरायलको रखोवोतमा काम गर्दै आईरहेकी अन्दाजी २८ वर्षीया धना गुरुङ नाम गरेकी एक नेपाली महिलाको मृत्यु भएको छ ।

मृत्यु आत्महत्या, हत्या या प्राकृतिक तवरले भएको हो भन्ने तथ्य भने थाहा हुन सकेके छैन । उनको मृत शरिर अहिले इजरायल प्रहरीले अनुसन्धानको लागि लगिसकेको बताइएको छ भने उनको शरिरभर निलडाम भएको समेत सुन्नमा आएको छ । मृत महिला एक वृद्दाको काम गर्दै आइरहेकी थिइन् ।

 निज कार्यरत घरको छिमेकीले उनको घरमा गेटबाट फालिएको दैनिक पत्रिका गएको २ दिनदेखि नलगिएको देखेपछी किन नलगिएको भन्दै घरमा ढकढक्याउदै जाँच गर्दा केयरगिभर महिला धना गुरुङ मृत अवस्थामा फेला परेपछी प्रहरीलाई खवर गरेको छिमेकीलाई उदृत गर्दै मृतक महिला कार्यरत रेखोवोत मै कार्यरत शान्ती चेम्जोङले बताउनुभयो ।

अपुष्ट समाचार अनुसार मृतकको अनुहारमा चोट लागेको थाहा हुन आएको छ । मृत शरिरको प्रकृति हेर्दा मरण शंकास्पद रहेको हुन सक्ने आशंका गरिएको छ । यद्यपी यो विषय प्रहरी अनुसन्धानको क्रममा रहेकोले अहिले नै यसै हो भन्ने अवस्था भने छैन ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>