Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

‘गिनिज बुक अफ दि वर्ल्ड रेकर्ड’मा अर्का नेपाली

$
0
0
बिश्वमै कसैले नगरेको कुनै नयाँ काम गरेर रेकर्ड राख्ने सृंखलालाई निरन्तरता दिदै अर्का एक नेपाली युवाले एक भारतीयको रेकर्ड तोड्दै आफ्नो नाम ‘गिनिज बुक अफ दि वर्ल्ड रेकर्ड’मा दर्ता गराउन सफल भएका छन् |
'गिनिज बुक'मा नाम लेखाउन सफल नेपाली युवा कृष्ण पाण्डे..
‘गिनिज बुक’मा नाम लेखाउन सफल नेपाली युवा कृष्ण पाण्डे.. रुपन्देही जिल्ला देवदह ५ का कृष्ण पाण्डेले कुनै पनि शब्दलाई उल्टोबाट तीब्र गतिमा उच्चारण गर्ने काममा बिश्व रेकर्ड राखेका हुन् | उनले भारतका शिशिर हतवारले बनाएको १ मिनेटमा ३० शब्द उच्चारणको रेकर्ड १ मिनेटमा ३६ शब्द उल्टोबाट उच्चारण गरेर यो रेकर्ड हात पारेका हुन् | डिल्लीबजारको एनआइसी कलेजबाट दश जोड दुई पूरा गरेका कृष्ण हाल अमेरिकाको कान्सस शहरमा पढाई र कामलाई एकैसाथ अगाडि बढाइरहेका छन्। १ हजार ५ सय मानिसबीच कृष्णले आफ्नो कला देखाएका थिए। रमाइलो के थियो भने कृष्णलाई सोधिएका कुनै पनि अक्षरहरु उनलाई यसअघि जानकारी गराइएको थिएन।’वुद्ध नेपालमा जन्मेको र सगरमाथा नेपालमा रहेको संदेश उनले रेकर्ड कायम गर्दा प्रवाह गरेका थिए।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>