काठमाडौ , चैत्र २९ ,आर्थिक विपन्नता र सामाजिक परिवेशका कारण रोजगारीको लागि विदेश गएका नुवाकोट जिल्ला थानसिंग निवासी गणेश नेपालीको माहिलो छोरा रामकुमार नेपाली र राजु नेपालीको मृत्युले सहाराविहनि बनेको गणेश नेपाली परिवारलाई सहयोग हस्तान्तरण रिपोर्टस क्लव नेपालमा सिर्जनशील प्रबद्र्धन केन्द्र नेपालले गरेको छ । सहयोग हस्तान्तरण कार्यक्रम सिर्जनशील प्रबद्र्धन केन्द्र नेपालकी अध्यक्ष सावित्री बस्नेत प्रमुख अतिथि नेका का बरिष्ठ नेता अर्जुन नरसिंह के. सी, अखिल नेपाल टेड युनियन महासंघका बरिष्ठ उपाध्यक्ष जय बहादुर कार्की र पत्रकार ऋिषि धमलाबाट संयुक्त रुपमा हस्तान्तरण भएको हो ।रिपोर्टर्स क्लब नेपालमा बिहिबार सिर्जनशील प्रबद्धन केन्द्र नेपालकी अध्यक्ष सावित्री बस्नेतको सभापतित्वमा आयोजित रकम हस्तान्तरण कार्यक्रम गर्दै विदेशमा आफ्ना दुइ छोरा गुमाएका गणेश नेपालीको परिवारलाई सिर्जनशील प्रबद्र्धन केन्द्र नेपालको पहलमा अष्ट्रेलियामा रहेका अभिषेक उप्रेतीको फेसबुक सहयोग अभियानमार्फत विभिन्न देशमा छरिएर बसेका नेपालीहरुको पहलमा संकलित रु १ लाख १४ हजार ५ सय रकम सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि अर्जुननरसिंह केसीले आर्थिक विपन्नताका कारण विदेशीन बाध्य नेपाली युवाहरुको यो समस्या अत्यन्तै पीडादायिक रहेको भन्दै स्वदेशमै रोजगारीको सिर्जना गर्न सकिए नेपालीले आफ्नो परिवार गुमाउने यस्तो पीडा भोग्न नपर्ने बताउनुभयो । केसीले भन्नुभयो–“रोजगारीको लागि विदेशीन बाध्य नेपालीहरुको भविष्यप्रति हामी सबै सचेत हुनुपर्दछ । मुलुकभित्रै रोजगारीको सिर्जना गर्न सकियो भने अब अन्य नेपाली परिवारले यस्तो पीडा खेप्नु पर्दैन ।”
केसीले पीडित गणेश नेपाली परिवारलाइ जस्तोसुकै सहयोग गर्न आफू तयार रहेको बताउदै विदेशको विभिन्न देशमा बस्ने नेपालीहरुले मानवीय नाताले शोकाकुल नेपाली परिवार प्रति सहयोग गरेर उदारहणीय कार्य गरेको भन्दै प्रंशसा समेत गरे । सवैले आ–आफ्नो ठाउबाट सहयोग गर्नुपर्ने अपिल समेत केसीले गर्नुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रमका अतिथि अखिल नेपाल ट्रेड युनियन महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष जय बहादुर कार्कीले यो महान सामाजिक कामको प्रंशसा गर्दै यो अभियानमा आफूले पनि सक्दो सहयोग गर्ने प्रविबद्धता व्यक्त गर्नुभयो । कार्कीले सहयोगका लागि सवैसंग अपिल पनि गुर्नुपर्ने बताए । आर्थिक अवस्था कमजोरका कारण जिवन गुर्जान कठिन भएपछि रोजगारीको लागि विदेश गएका नुवाकोट जिल्ला थानसिंग निवासी गणेश नेपालीको माहिलो छोरा राजकुमार नेपालीको मृत्यु मलेसियामा २०६६ सालमा भएको थियो भने कतारमा जेठो छोरा राजुकोे २०७० माघमा रहस्मय मृत्यु भएको थियो । दुई छोराको विदेशमा (मलेसिया र कतार) काम गर्दागर्दै असामयिक निधन भएपछि वेसाहारा बनेका गणेशको परिवारलाई सिर्जनशील प्रवद्धन केन्द्र नेपालको पहलमा विदेशमा बस्ने नेपालीले सहयोग अभियान सञ्चालन गरेका थिए । अष्ट्रेलियावाट अभिषेक उप्रेतीको फेसबुक सहयोग अभियानमार्फत अष्ट्रेलिय, साउदी अरब, कोरिया र ओमनमा रहेका नेपालीहरुबाट सहयोग रकम संकलन भएको हो ।
गणेश नेपालीलाई सहयोग गर्ने नेपालीहरु प्राप्त सहयोग रकम विवरण अष्ट्रेलियाबाट रु ३२,५०० (अभिषेक उप्रेतीको पहलमा अष्टे«लियामा कार्यरत नेपालीहरुबाट) साउदी अरबाट रु २६,०० (बालकृष्ण पन्तको सहयोग र पहलमा सारदी अरबमा रहेका नेपालीबाट संकलित रकम) कोरियाबाट रु ५०,००० (नवराज गुरुङ्गको विशेष पहलमा रामहरी डंगोल र सम्राट रिजालको सहयोगमा) ओमनबाट रु ५००० (सन्तोष पाठकको सहयोग र पहलमा) राजन डंगोलबाट रु १००० (नुवाकोट थानापति ७ घर भइ हाल काठमाडौ) जम्मा रु ११४,५०० एक लाख चौध हजार पाच सय मात्र
कोरियाबाट सहयोग गर्ने नेपालीमा विमला गुरुङ हुनुपर्नेमा अन्यथा भएकोले यसै फेसबुक पेजबमार्फत सच्याइएको जानकारी गराउँदछौं ।
कोरियाबाट सहयोग गने नेपालीहरुमा गोविन्द अधिकारी र समिन अधिकारी ठेगाना कविलास नेवाकोट हुनुपर्नेमा अन्यथा भएकोले यसै फेसबुक पेजमार्फत सच्याइएको जानकारी गराउदछौं । कोरियाबाट सहयोग गर्ने नेपालीहरुमा १. नवराज गुरुङ, नुवाकोट ७ थानापति रु.७९००
२. रुपक थापा, छहरे थानसिंग, नुवाकोट रु.४६५०
३. पार्वती गुरुङ काठमाडौं रु. १३९५
४.सिर्जना श्रेष्ठ, थानापति नुवाकोट रु. २७९०
५.सम्राट रिजाल थानापति , नुवाकोट रु. १८६०
६. विष्ण्ँु पाण्डे थानापति, नुवाकोट रु. १८६०
७.उज्वल थपलिया थानापति ८ नुवाकोट रु. ९३०
८. दिनेश डंगोल, थानापति नुवाकोट रु. २७९०
९. राकेश डंगोल थानापति, नुवाकोट रु. २३२५
१०. राजकुमार डंगोल थानापति नुवाकोट रु. २३२५
११. विमला गुरुङ काठमाडौं रु. १३९५
१२. अरुण्ँ पाण्डे, थानसिंग, नुवाकोट रु. २७९०
१३. रामहरी डंगोल, थानसिंग, नुवाकोट रु. १९३०
१४. मिलन तामाङ, थानापति नुवाकोट रु ९३०
१५. दीपेन्द्र थापामगर गोरखा रु ९३०
१६. खगेन्द्र न्यौपाने, स्याञ्जा रु. ९३०
१७. गोविन्द अधिकारी, कविलास,नुवाकोट रु. १३९५
१८. समिन अधिकारी कविलास,नुवाकोट रु १११०
१९. सरोज पाण्डे सुनखानी, नुवाकोट रु. ४६५
२०. शुशील पाण्डे ढिकुरे, नुवाकोट रु. २७९०
२१. तिलक मोक्तान गेर्खु, नुवाकोट रु. १८६०
२२. देउ कुमार लिम्बु, ताप्लेजुङ रु. ९३०
२३. युवराज गुरुङ सोलुखुम्बु रु. ९३०
२४. युवराज तामाङ, नुवाकोट रु. २७९० जम्मा रु. ५०,०००/-