Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

७ कक्षामा पढ्ने १२ बर्षीया छोरीले सन्तान पाएपछि बाबुले भने- ‘मलाई लाज हैन, गर्व छ’

$
0
0
१२ बर्षकी आमा, १३ बर्षका पिता, जसले भर्खरै जन्माए सन्तान । न त बालबिबाहको उजुरी, न परिवारलाई दुखेसो । लोककथा जस्तै लाग्ने यो घटना गत सातामात्र बेलायतमा भएको छ ।

गर्भवती बालिका र उनका १३ बषिर्य प्रेमी आफ्ना अभिभावकसमेत लिएर गत हप्ता अस्पताल पुगे । सवै हाँसीखुसी थिए र नयाँ सन्तानलाई स्वागत गर्न ब्यग्र थिए ।

उनीहरुको खुसी र ब्यग्रता हेर्दा अस्पताललाई कतै पनि यो नचाहाँदा नचाहादै बसेको गर्भ हो भन्ने लागेन् । १३ बालिकाले सन्तान जन्माइन् र यो साता डिस्चार्ज गरेर घर पठाइयो ।

बेलायती संचारमाध्यमहरुले यो जोडी मुलुककै कम उमेरका आमाबाबु भएको दावी गरेका छन् । उनीहरुको परिचय नखुलाइए पनि १३ बषिर्य बालिकाका पिताले आफुलाई यस्ती छोरीको बाबु हुनुमा गर्व लागेको प्रतिक्रिया दिए । ‘यो कुनै लाज मान्नुपर्ने बिषय हैन, हामी एकदमै खुसी छौं, मेरो छोरीका प्रेमी साँच्चै महान रहेछन् ।’ एक रेडियोलाई अन्र्तवार्ता दिँदै उनले भने ।

१२ बर्षीया बालिका अहिले बिद्यालयमा ७ कक्षामा पढछिन भने उनका प्रेमी अर्को स्कूलमा ९ कक्षामा पढछन् । सन्तान जन्माउने बेला भएपछि दुई महिनाअघि मात्र यी बालिका स्कूल जान छाडेकी थिइन् ।

त्यसपछि मात्र उनका आमाबाबुले छोरी गर्भवती भएको थाहा पाएका थिए । तर पनि उनीहरुले छोरीलाई गाली गरेनन, बरु नयाँ सन्तानलाई खुसी साथ हुर्काउने प्रण गरे ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>