Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

बिश्वकै ठूलो ‘वाटर फाइट’, सडकभरि ‘पानी-बन्दुक’को पल्टन

$
0
0
हामीले केही समयअघि मात्रै ‘पिलो फाइट’ अर्थात सिरानी हानाहान गर्ने खेलको बारेमा बताएको थियौं । आज तपाईलाई देखाउँदै छौं ‘वाटर फाइट’ जहाँ मानिसहरु हजारौंको संख्यामा सडकमा निस्किएर पानी हानाहान गर्छन् ।

थाइल्याण्ड, बर्मा लगायतका बुद्ध धर्म मान्ने केही एशियाली मुलुकहरुमा गत साता बिश्वकै ठूलो ‘वाटर फाइट’ सम्पन्न भएको छ । नेपालसहित यी देशमा पनि एकै समयमा नयाँ बर्ष पर्छ । नयाँ बर्षका अबसरमा थाइल्याण्डका राजधानी बैंकक, म्यानमारको रंगुनसहितका शहरमा हरेक बर्ष यस्तो वाटर फाइट आयोजना गर्ने गरिन्छ ।

झट्ट हेर्दा हिन्दु धर्मालम्बीको होलीजस्तो देखिए पनि यसमा रंगको प्रयोग हुँदैन् । मानिसहरु पानी भरिएको बन्दुक लिएर सडकमा निस्कन्छन र बटुवाहरुलाई पानीले हानेर रमाइलो गर्छन् । हजारौंको संख्यामा एककृत भएका स्थानीयबासी निकै रमाइलोसाथ वाइट फाइटमा सहभागी भए । सयौं बर्षदेखि हुँदै आएको यो वाटर फाइटको सम्बन्ध बुद्ध धर्मसँग जोडिएको बताइन्छ ।

थाइल्याण्डमा हाल राजनीतिक आन्दोलनका कारण सुरक्षामा चुनौती देखिएको भएपनि गत आइतवारदेखि मंगलबारसम्म मानिसहरु निर्धक्क वाटरफाइटमा सहभागी भए । हेरौं थाइल्याण्ड र बर्मामा खिचिएका केही तस्वीरहरु-




Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>