Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

तलब नपाएपछि माग्ने बुढा र तक्मे बुढा ‘मेरी बाँस्सै’बाट बाहिरिए

$
0
0
चर्चित हाँस्य सिरियल ‘मेरी बाँस्सै’का दुई चर्चित पात्र माग्ने बुढा र तक्मे बुढा अहिले देखिन छाडेका छन् । तक्मे बुढा अर्थात विल्सन विक्रम राई र माग्ने बुढा अर्थात केदार घिमिरे हाँस्य सिरियलमा नदेखिएपछि विभिन्न खालका चर्चा पनि हुने गरेका छन् । केदार र विल्सनले अभिनय गरेका केही पुराना दृश्यहरु मात्र केही सययअघिसम्म प्रशारण भएको थियो । तर गतहप्तादेखि यो पनि रोकिएको छ । तक्मे र माग्ने बुढाले नयाँ दृश्य खिच्न अस्विकार गरेपछि यस्तो परिस्थिती सिर्जना भएको वुझिन्छ । विगत ८ महिनादेखि ‘मेरी बाँस्सै’का कलाकारले तलब पाएका छैनन् । जसका कारण केदार र विल्सनले तलब नपाएसम्म नयाँ दृश्य नखिच्ने अडान लिएका हुन् । तर यसको निर्माण कम्पनी मिडिया हबले भने नयाँ दृश्य खिचेर ल्याउन भनेको छ । तलब नपाएपछि विल्सन र केदार घिमिरेले नयाँ सिरियल खोल्ने तयारी गरेको श्रोत बताउँछ । अहिले धुर्मुस अर्थात सिताराम कट्टेलको मात्र दृश्य समावेश गरिएको भाग प्रशारण भैरहेको छ । यस बिषयमा सितारामसँग वुझ्न खोज्दा उनले कुनै प्रतिक्रिया दिन मानेनन् ।
सिताराम र केदारको शितयुद्ध चलेको पनि लामै समय भैसकेको छ । यसैले पनि सिताराम र केदारले छुट्टाछुट्टै रुपमा दृश्य खिच्ने गर्दथ्य । वुझिएअनुसार अर्को दुई चर्चित हाँस्य सिरियल ‘तितो सत्य’ र ‘जिरे खुर्सानी’का कलाकारले पनि मिडिया हबबाट पाउनु पर्ने रकम पाएका छैनन् । source : onlinekhabar

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>