नयाँदिल्ली, भाद्र २८ । भारतको राजधानी नयाँदिल्लीमा गत वर्ष भएको सामूहिक बलात्कारमा संलग्न चार जना अभियुक्तलाई मृत्युदण्डको सजाय सुनाइएको छ । बलात्कार लगायतका घटना हेर्न गठित ‘फास्ट ट्रयाक’ अदालतले आज दोषी करार ४ जनालाई मृत्युदण्डको सजाय सुनाएको बीबीसीले जनाएको छ । गत डिसेम्बर १६ तारिखमा दिल्लीमा आफ्नो केटा साथीसँग सार्वजनिक बसमा यात्रा गरिरहेकी २३ वर्षीया युवतीलाई बसमै सवार ६ युवाले सामूहिक बलात्कार गरेका थिए । घटनामा संलग्न मध्ये एक जनाले हिरासतमै आत्महत्या गरिसकेका छन् । त्यस्तै दोषी करार मध्ये एक जना नाबालिग पुष्टि भएपछि उनलाई ३ वर्षको जेल सजाय सुनाइएको छ । पीडित युवतीको उपचारका क्रममा सिंगापुरमा मृत्यु भएको थियो । नयाँदिल्लीको साकेतस्थित फास्ट्र्याक अदालतका अतिरिक्त न्यायाधीश योगेश खन्नाले डिसेम्बर १६ को सामूहिक बलात्कारको घटना विरलै हुने डरलाग्दो घटना भएको भन्दै अदालतले मृत्युदण्ड बाहेक अन्यत्र सोच्नै नसक्ने फैसलामा उल्लेख गरेका छन् । विपक्षी वकिलहरुले भने मृत्युदण्डले बलात्कारका घटना नरोकिने भन्दै फैसला विरुद्ध पुनरावेदन गर्ने बताएका जनाइएको छ । source:imagechanal Latest LokGeet तीज गीतहरु + More VideosLatest Today Various Entertainment + More Videos
↧