Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

सुरु भयो डान्सिङ स्टारको अडिसन

$
0
0
नृत्य विधाको प्रतियोगिता उत्सर्ग डान्सिङ स्टार बिहीवार देखी दाङमा सुरु भएको छ । उत्सर्ग फिल्मस् प्रा.लिको आयोजनामा नवप्रतिभाहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यकासाथ प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन घोराहीमा एक कार्यक्रमको आयोजना गरि उद्घाटन समेत गरियो । घोराहीको अडिशनमा ५५ जना सहभागी मध्ये ३९ प्रतिस्पर्धी दोस्रो चरणका लागि छनोटमा परेका छन् । प्रतियोगिताको निर्णयकमा सुस्मा के.सी, जीवन विसी (ज्यावी), राजु वली(र्‍यावी) रहेका थिए । लमहीको अन्तीम छनौट पछि प्रतियोगिताको दोस्रो चरणको अडिशन हुने आयोजकले बताएको छ । त्यसबाट छनोट भएका प्रतिभाहरु मध्ये उत्कृष्ट १० भित्र पर्नेलाई १५ दिने नृत्य, अभिनयको बिषेश प्रशिक्षण एव मानवअधिकार, पत्रकारिता, सुचना प्रविधी, सौन्दर्य र नेतृत्व विकास सम्वन्धी एकहप्ते बिषेश प्रशिक्षण पश्चात अन्तीम चरणको प्रतिस्पर्धा गराईने आयोजकले जनाएको छ ।
source : filmybazar

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>