भाद्र ३०, एजेन्सी । कोहि श्रीमान्ले श्रीमती राम्रो नभएको भन्दै सौता हाल्छन् । कसैले छोडपत्र गर्छन् त कोहि कुटपीट गर्न पछि पर्दैनन् । तर एक पुरुषले भने आफ्नी श्रीमती राम्री भएको भन्दै अनुहारनै जलाईदिएका छन् । घटना केन्याको हो । समाचार अनुसार केन्याका एक ब्यक्तिले श्रीमतीको अनुहार नराम्रो वनोस् भन्ने उदेश्यले अनुहार नै जलाईदिएका हुन् । जोन नाम गरेका ती ब्यक्तिले श्रीमतीको अनुहार जलाएको कूरा खुलेआम स्वीकार गरेका छन् । उनले अनुहार जलाउनुको कारण समेत श्रीमती राम्रो भएको बताएका छन् । तिनवटा बच्चा रहेका जोनले जेनेटसँग सन् १९९९ मा विवाह गरेका थिए । विवाह भएको एकवर्षमा नै उनीहरुको वच्चा भएको थियो । अर्को वच्चा सन् २००२ र अर्को सन् २००५ मा जन्मीएका थिए । तर उनका श्रीमानले श्रीमतिको अनुहार राम्रो भएको र अरुले आँखा लगाउने गरेको भन्दै जलाईदिएको प्रहरीलाई बताएका छन् । प्रहरीले जोनलाई पक्राउ गरेको छ भने उनलाई १० वर्षको जेल सजाय सुनाइएको छ । Latest LokGeet तीज गीतहरु + More VideosLatest Today Various Entertainment + More Videos
↧