Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

अब रूखबाट फल्छ शाकाहारी अण्डा !

$
0
0
वासिङटन, भाद्र ३०, शाकाहारी अण्डा ! हजुर, अहिले सम्म सायदै कसैले शाकाहारी अण्डाको बारेमा सुन्नु भएको होला । तर अब शाकाहारी मानिसहरूका लागी भने निकै खुसीको समाचार छ । 
Eggplant
एक अमेरिकी कम्पनीले शाकाहारी अण्डा उत्पादन गरेको छ। यस कृत्रिम अण्डालाइ पुर्ण रूपमा बिरूवाबाट बनाइएको हो । अब भएन त शाकाहारी मानिसहरूका लागी यो नयाँ उपहार ! कम्पनीले सफलतापूर्वक फक्स मेयोनेज र अन्य प्रकारका बेक्ड चिजहरूलाइ मिलाएर अण्डाको सब्सिट्यूट तयार गरेको दावी गरेको छ ।
यो अण्डा निकै साधारण तरीकाबाट बनाइएको छ तर मटरको अद्भुत प्रजातिहरू,तथा अन्य ११ वटा बिरूवाहरू मिलाएर तयार गरिएको छ । फक्सन्यूज डट कम ले कम्पनीका सीईओ जोश टेटरिक लाइ उद्धृत गर्दै यो कुराको जनाकारी दिएको हो ।
टेटरिकले यसका लागी टिभी शो टप शेफ का कन्टेस्टेन्ट क्त्रिस जोन्स र बायोकेमिस्ट जोशुआ क्लेन को मद्दत लिएका थिए । जसमा उनले एउटा यस्तो अण्डा बनाउनका लागी मद्दत मागे जुन पूर्ण रूपमा अण्डा जस्तै देखियोस्, साथै उक्त चीज  एग फ्री प्रोडक्ट पनि होस् ।
टेटरिकले यो कुरामा पनि जोड दिए कि बिरूवाबाट तयार गरिएको यो अण्डा मात्र शाकाहारीहरूका लागी नै सबैका लागी होस ।  साथै यस कुरालाइ पनि उनले जोड दिए कि यसले अण्डा वा पोल्ट्री इन्डस्ट्रीलाइ कुनै पनि प्रकारले प्रभावित नगरोस । वास्तविक रूपमा यसले कुनै पोल्ट्री इन्डस्ट्रीको महत्वलाइ कम नगर्ने बताइएको छ । अमेरिकामा एग्रीकल्चर रिसर्च फिजियोलोजिस्ट डिपार्टमेन्टका रेमण्ड ग्लाहनले भने कि यो प्रोडक्ट लामो समय सम्म उपलब्ध हुनेछ । त्यसैगरि यस कुरामा पनि  सहमति जनाए कि प्लान्ट बेस्ड फूड भएका कारण यस अण्डामा न्यूट्रीशनल भ्यालु पनि निकै हुनेछ ।
सान फ्रान्सिस्को स्टार्टअप हेम्पटन क्त्रीक फूड्स वेबसाइटले दावी गरे अनुसार यो प्रोडक्ट धेरै स्वास्थ्यवर्धक मात्र नभै सामान्य अण्डाको मूल्य भन्दा १९ प्रतिशत कमको छ। टेटरिकले बताए अनुसार कम्पनीको यो नयाँ प्रोडक्ट बिल्कुलै फरक छ र बजारमा पनि उपलब्ध छ । साथै यसमा प्राकृतिक अण्डा जस्तै पौष्टिकता पनि छ । शाकहारीका लागी हैन त खुसीको खबर ?
source : medianp
Latest LokGeet तीज गीतहरु + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>