Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

यौन सम्पर्क गर्न नदिएको झोंकमा किशोरीलाई कुटपिट

$
0
0
मुगु : मुगुको रुगा गाविस वडा नम्बर ७ निवासी १४ वर्षीया एक किशोरीलाई यौन सम्पर्क गर्न नदिएको झोंकमा एक युवकले कुटपिट गरेका छन्।

छिमेकी गाउँ फोइपाटामा लागेको मेला हेरी साथीहरूसँग घर फर्कने क्रममा बिगारा चौरमा रुगा गाविस वडानम्बर ७ निवासी १८ वर्षीया गोविन्द्र बढुवालले यौन सम्र्पक गर्न नदिएको झोंकमा किशोरीमाथि कुटपिट गरेको पीडितका भिनाजु धनबहादुर बढुवालले बताए। वैशाख २५ गते राती भएको यो घटनाबारे किशोरी पक्षले जिल्ला प्रहरी कार्यलयमा जबरजस्ती करणीको अभियोगमा किटानी जाहेरी दिएपछि खुलासा भएको हो।

प्रकाश मावि लुममा कक्षा ८ मा अध्यनरत १४ वर्षीया प्रेमिका शर्मा ( नाम परिवर्तन ) २५ गते राति छिमेकी गाउँ फोइपाटामा मेला हेरी साथीहरूसँग आफनो घरमा फर्कने क्रममा गोविन्दले जबरजस्ती गर्न खाजेपछि उनले चिच्चाएर प्रतिवाद गरेकी थिइन्। किशोरीले प्रतिवाद गरेपछि गोविन्दले कुटपिट गरेका थिए। कुटपिटपछि जिल्ला अस्पताल ठिनी पु:याई तीन दिनसम्म उपचार गराइएको थियो। जबरजस्ती करणीको अभियोगसहित जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी वैशाख २८ गते दिएको भए पनि जिल्ला प्रहरी कार्यालयले आरोपितलाई पक्राउ नगरेको पीडितका भिनाजु बढुवालले बताए

'बालिकामाथि बलात्कारको प्रयास गरिएको घटनालाई गाउँमै मिलाउने प्रयास भइरहेको छ, पीडितका भिनाजु बढुवालले भने, 'हामीले यसलाई मान्नेवाला छैनौं।'जिल्ला प्रहरी कार्यालयमा पुगेका पीडितका आफन्तहरूले तत्काल मुद्धा दर्ता गरी पीडकलाई कानुनी कारबाहीको माग गरेको भए पनि गाउँलेहरूले गाउँको झगडा भएकाले मिल्नुपर्ने दबाब दिएका छन्। आरोपित युवक अहिले बेपत्ता छन्।

प्रहरी निरीक्षक मित्रबहादुर आर्चायका अनुसार पीडितले जाहेरी ल्याए पनि केटाकेटी दुवै एक अर्काप्रति माया गर्ने गरेको देखिएको र यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताए। स्थानीय राजनीतिक दलको समेत दबाब रहेकाले पनि प्रहरीले आफनो जाहेरी प्रहरीले आरोपितलाई पक्राउ नगरेको स्थानीय गुनासाको छ।
-अन्न पूर्ण पोस्ट

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>